थप १९ जनामा संक्रमण : कोराना संक्रमितको संख्या ६०३ पुग्यो

खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमतिको संख्या ६ सय ३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा १९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमा मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
Facebook Comments Box