नेपाली मुस्लिम समाज कतारद्वारा सम्सीमा राहत सामग्री वितरण

खवर पाटी (खोज खबरको अभियान)

हिजो मिति १० जेठ २०७७, शनिवार का दिन नेपाली मुस्लिम समाज कतार द्वारा सम्सी गाउँपालिका वडा नम्बर-६ (प्रदेश नम्बर-२) मा ५० जना गरिब तथा विपन्न परिवालाई राहत सामग्री वितरण गरिएको छ ।

लॉकडाउन को प्रभाव र मुस्लिम समुदाय को पाक महिना रमजान लाई ध्यानमा राखेर ईद राहत वितरण गरिएको हो ।  एस्तो महामारीको बेलामा सानै सहयोग भएपनि धेरै नै ठुलो राहत महसुस भएको गुनासो वडा अध्यक्ष शेख उमैद (उमैर) ज्यू ले बताउनु भयो साथै वहाँले नेपाली मुस्लिम समाज कतारलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

यस राहत कार्यक्रम मा साथ र सहयोग पुर्याउनु हुने शेख सुहैल, शेख अनजर र डा. तमन्ने (बदरे आलम) लगायत सम्पूर्ण सहयोगी हातहरुलाई मुटु देखिने धन्यवाद दिन चाहन्छौं ।

अध्यक्ष इ. मोहम्मद अयुब हक एवम् नेपाली मुस्लिम समाज, कतार परिवार ।

Facebook Comments Box