काठमाडौं । अहिले नेपालमा च्याउसरी संचार माध्यमहरु बढेका छन् । धेरै यस्ता अनलाईन पोर्टलहरु छन् जसले बिना कुनै ठोष प्रमाण आफ्नै मनमर्जीले अनेकौं किसिमका खबरहरु प्रकाशित गर्दै आइरहेका छन् । झन् अहिले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा जनमानसमा निकै त्रास बढ्ने गरि बढाई चढाई गरेर समाचार प्रकाशन गर्ने कतिपय संचारका कारण मानिसहरु थप डराउन थालेका छन् । त्यस्तैगरी मानिसहरुमा कोरोना भाइरसलाई लिएर विभिन्न किसिमका अ’फवाहहरु पनि फैलाइएको पाइएको थियो । यस्ता अनलाईन संचारका कारण मानिसमा कोरोना तथा यसको प्र’कोप बारे नचाहिँदो भ्रम सिर्जना हुन थालेपछि प्रेस काउन्सिलले उक्त अनलाईन संचारमा रोक लगाउने भएको छ ।
यस्ता विभिन्न किसिमका भ्रामक समाचार लेख्ने १४ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई प्रेस काउन्सिल नेपालले देशैभरिबाट प्रकाशन-प्रसारण नहुने गरी ब्लक गरेको छ । चैत ११ गतेदेखि जेठ ८ गते भित्रमा कोरोना भाइरस कोभिड १९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिएको थियो भने ती मध्य ७० वटालाई भने पूर्ण रुपमा ब्लक नै गरिएको प्रेस काउन्सिल नेपालले जनाएकाे छ । कोरोना संक्रमणको महामारीमा पनि पत्रकार आचारसंहिता स्वअनुगमन तथा विभिन्न मिडियाविरुद्ध परेका उजुरीको सुनुवाई एवम् कारबाहीमा सक्रिय भएर लागेकाे काउन्सिलले सम्बन्धित निकायमा दर्ता बिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने ७० अनलाइन सञ्चारमाध्यमहरुलाई ब्लक नै गरेकाे हाे ।
प्रेस काउन्सिलले दर्ता नभएकालाई ब्लक गर्नुका साथै दर्ता भएका अनलाइन सञ्चार माध्यमहरुलाई भने स्पष्टीकरण मात्रै मागेको छ । पत्रकार आचारसंहिता विपरीत गइ आँफै कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका समाचार सन्देश प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले जनाएको छ । यी अनलाइन पोर्टलहरुले अन्त्यन्तै तथ्यहीन भ्रामक र कपोकल्पित समाचारहरु पोस्ट गर्ने र ति समाचारका लिंक सामाजिक सञ्जाल फेसबुकका ग्रुप र पेजहरुमा सेयर गर्ने गरेको र त्यसले जनमानसमा निकै आंतक र भ्र’म पैदा गरेको भन्दै उजुरीहरु पर्न थालेपछि काउन्सिलले बन्द गर्न प्राधिकरणलाई सिफारिस गरेको हो ।
नेपालको कानुनी प्रक्रिया पुरा नगरी अनाधिकृत हिसावले संचालनमा रहेका केही अनलाइन पोर्टललाई काउन्सिलको सिफारिसमा नेपाल दुर सञ्चार प्रधिकरणले नेपालमा नखुल्ने गरि बन्द गरेको हो । यसरी बन्द गरिएका अनलाइन पोर्टलहरु केही विदेशबाट संचालित थिए भने केहि नेपालमा नै बसेर लुकिछिपी गैरकानुनि रुपमा चलाइएका थिए । यसरी गै’रकानुनी रुपमा संचालन भएको पुष्टी भइ बन्द गरिएका अनलाइनहरुले फेरी पनि विदेशबाट समाचार पोस्ट गर्ने तथा केहिले नेपालमै बसेर इन्टरनेटको गै’रकानुनि बाटो प्रयोग गरि समाचार अपडेट गरेर सामाजिक संजालमा सेयर गर्ने गरेको पाइएकोले अहिले ति व्यक्तिहरुको समेत खोजी भइरहेको एक सरकारी अधिकारीले बताएका छन् ।
प्रहरीको साइबर अपराध ब्यूरोले त्यस्ता इलिगल अनलाइनको समाचार सेयर गर्न दिने फेसबुक ग्रुप र पेज संचालकको समेत खोजी गरिरहेको जनाएको छ । अहिले नेपालमा पनि कोरोना भाइरसको आतंक निकै फैलिएको छ । केहि समय यता निकै उल्लेखीय मात्रामा संक्रमितको संख्यामा वृद्धि आउन थालेको छ बहने अहिलेसम्म ३ जनाको मृत्यु समेत भईसकेको छ । यसरि एकाएक संक्रमित संख्या बढेपछी अहिले जनमानसमा निकै त्रास बढेको छ । यस्तो अवस्थामा यी अनलाईन पोर्टलले जथाभावी समाचार प्रकाशित गर्नाले मानिसको मन मस्तिष्कमा निकै असर पारेको पाइएको छ । मुस्किलको घडीमा जनमानसलाई डरबाट बाहिर निकालेर उनीहरुलाई हौसला दिनुपर्नेमा संचारले नै डर पैदा गरेको पाइएको हो ।
यसरी मानिसमा जथाभावी खबरले गर्दा बढेको ड’र र सरकार विरुद्दको भाव ले गर्दा यसरी पत्रकारिताको दुरुपयोग गर्ने यी अनलाईन पोर्टललाई ब्लक गरिएको हो । प्रेस काउन्सिलद्वारा ब्लक गरिएका अनलाईनहरु अब फेरी खुल्न पाउने छैनन् । नेपालमा नखुल्ने गरि बन्द गरिएका अनलाइन पोर्टलहरु ताजा एनपी डटनेट, दवर्ल्ड न्युज डटनेट, खबर ट्वान्टीफोर डेली डटकम, साझा फुलवारी डटस्पेस, मनास्लु खबर डटकम, आफ्नो खबर डटकम, एनपिन्युज डटकम, सप्तरंगीपोस्ट डटकम, गुगलखबर डटकम, नेपालको समाचार डटकम, इतार्केस्वर डटकम, पाठकपत्र डटकम, हिमालय दैनिकन्युज डटकम, अल्ट्रानेपाल डटकम, ताजाबहस डटकम र हाम्रोसरोकार डटकम रहेका छन् ।
यस्तै अनलाइनपोस्ट डटकम, लाइभ १८ नेपाल डटकम, अनलाइन बुढानिलकण्ठ डटकम, बिसिएम नेपाल डटकम, सररखबर डटकम, सत्यसमाचार डटकम, स्मार्टखबर डटकम, एभेरेस्टपाटी डटकम, काष्ठमान्ड़पन्युज डटकम, जनकपुरटाइम्स डटकम,बोल्डखबर डटकम, नेपाल १२३ डटकम, हुलाकीअनलाइन डटकम, रहेका छन् । यस्तै सिधा गोर्खाली नेपाल डटकम, सीएन नेपाल डटकम, सिम्पलअनलाइन डटकम, दैनिकी मिडिया डटकम, हाम्रै साझा पत्रिका डटकम, सुस्तासन्देश डटकम, समाचारबाटिका डटकम, राइक्वारखबर डटकम, न्युज ३६ मिडिया डटकम, कागजपत्र डटकम, थ्री एम खबर डटकम, सुदुर समाज डटकम, टाइम्स अफ नेपाली डटकम र जागिरकेन्द्र डटकम रहेका छन् ।
टाइम २४ नेपाल डटकम, निपोल न्युज डटकम, न्युज नेपाल पोस्ट डटकम, खबर कान्तिपुर डटकम, सिआइए नेपाल डटकम, चन्द्रागिरीदर्पण डटकम, पबित्र टिभी डटकम, एच खबर डटकम, ललितपुर खबर डटकम, एन्युज २४ नेपाल डटकम, बिबिसीइ नेपाल डटकम, नेपाल दीप डटकम, हाम्रो अभियान डटकम, निगरानी खबर डटकम, बर्णमाला न्युज डटकम, सोलुशन डटकम, झोर्ले न्युज डटकम, हाम्रो साझा चौतारी डटकम, टुरिजम एरियाज डटकम, भेट्रान नेपाल डटकम, भ्वाइस समाचार डटकम, अनलाइन सुनापाटी दाहु डटकमलाई पनि नेपालभर खोल्न नमिल्ने गरि बालक गरिएको छ । यस्तै मिडिया माइ नेपाल डटकम, न्युज २७ मिडिया डटकम, भिजिट स्टार्ट डटकम, नेपाली अनलाइन न्युज डटकम, कास्की खबर डटकम रहेका छन् ।
प्रेस काउन्सिल नेपालले चैत्र १२ गतेदेखि जेठ ८ गतेसम्म यसरी ब्लक गरिएका अनलाइन पोर्टलको मात्र सुची सार्बजनिक गरेको छ । नेपाल सरकारको सञ्चार मन्त्रालय अन्तर्गत सूचना तथा प्रशारण बिभाग र प्रेस काउन्सिलमा दर्ता गरि कानुनी प्रक्रिया पुरा नगरी संचालनमा रहेका अन्य थुप्रै अनलाइन पोर्टलहरु पनि बन्द गर्ने क्रम जारी नै रहेको जनाएको छ । ब्लक गरिएका ताजा एनपी डटनेट, दवर्ल्ड न्युज डटनेट, खबर ट्वान्टीफोर डेली डटकम, साझा फुलवारी डटस्पेस, मनास्लु खबर डटकम, आफ्नो खबर डटकम, एनपिन्युज डटकम, सप्तरंगीपोस्ट डटकम ले उपचार चलिरहेको अवस्थामा भएका व्यक्तिको मृत्यु नहुँदै मृत्यु भएको भनेर “कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु” शिर्षकको समाचार प्रकाशन गरेका थिए ।
यस्तै गोगल खबर डटकम र नेपालको समाचार डटकम ले सरकारले निर्णय नै नगरेको कुरालाई आफ्नै हिसाबले “बृद्धभत्ता एक हजार र कर्मचारी तलब २५ प्रतिसतसम्म बढाउने तयारी” शिर्षकको भ्रामक समाचार प्रकाशन गरेको थियो । इतारकेश्वर डटकम ले “काठमाडौंको माछापोखरीमा, देखियो १५ जनालाई (आरडीटी) कोरोना पोजेटिभ” भन्दै सरकारी निकायले पुष्टी नगरेको समाचारलाई प्रकाशन गरेको थियो । यस्तै ताजाबहस डटकम, हाम्रोसरोकार डटकम, हाम्रै साझा पत्रिका डटकम, सुस्तासन्देश डटकम, समाचारबाटिका डटकम, राइक्वारखबर डटकम र न्युज ३६ मिडिया डटकम ले “नेपालगञ्जमा मात्र २४ जना कोरोना सं’क्रमित, नेपालमा जम्मा ८४ जना पुग्यो” भन्दै भ्रामक समाचार लेखेका थिए ।
यस्तै अल्ट्रा नेपाल भन्ने अनलाइनले “आज बसेको सरकारको बैठकले लकडाउन खोल्न गर्यो यस्तो अति राम्रो निर्णय भिडियोसहित पूरा हेर्नुहोस्” भन्दै नागरिकलाई लकडाउन उलंघन गर्न उद्दत गर्ने खालको भ्रामक शिर्षकमा समाचार लेखेको थियो । सिधा अनलाइन पोस्ट नामक पोर्टलले भने “प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदबाट राजीनामा दिएको घोषणा, १५ गतेबाट खुल्ने भयो लकडाउन, ‘कोरोना भाइरसको कारण विश्व १ अर्ब मानिस सं’क्रमण हुने, अमेरिकाले भन्यो कोरोनाको औषधी पत्ता लाग्यो, २ जना विरामी निको भइसके” जस्ता निकै जटिल शिर्षकमा अन्त्यत्यै भ्रामक समाचार पोस्ट गरेको थियो । यस्ता खबरले मानिसमा उत्तेजना पैदा गर्छ भने सिधै सरकारलाई समेत असर पुर्याउछ ।
यस्तै सरर खबर नामको अनलाइनले “कोरोनाको यस्तो डरलाग्दो नयाँ स्वरुप, यसरी सिधै मृत्यु, र सूर्य ४०० वर्ष यताकै चिसो, पृथ्वीको के होला हालत ? यसो भन्छन् वैज्ञानिक” जस्ता समाजमा आतंक सिर्जना गर्ने खालको समाचार पोस्ट गरेको थियो । लाइभ १८ नेपाल डटकम ले पनि “केही दिनअघि काठमाडौंबाट आई क्वारेन्टाइनमा बसेका एक जनाको नि’धन, कोरोना भाइरसबाट १ अर्ब मानिस संक्रमित हुन सक्छन्, ३० लाखको ज्यान जान सक्छ, सम्भोगअघि महिलाका ९ रुचिहरु, जुन हरेक पुरुषले जान्नैपनेै हुन्छ, श्रीमती परपुरुषसँग सल्केको थाहा पाउन सकिने सजिलो उपाय ‘जानी राख्नुहोस्, यस्ता महिला, यी राशिका महिला निकै छिटो यौनसम्पर्क लागि तयार हुन्छन्, स्तन ठुलो र आकर्षक बनाउन युवतीहरुले अपनाउने तरिका जानी राखौं” जस्ता निकै अ’श्लिल सामाग्री पोस्ट गरेको पाइएको हो ।
साथै गोरखाली नेपाल नामक अनलाइनले भने “२ दिन विश्वभर इन्टरनेट बन्द हुनसक्छ, एकै परिवारका तीन जनामा कोरोना सङ्क्रमित भेटिएपछि दमकमा उच्च सतकर्ता, सङ्क्रमितको घर र भुटानी शरणार्थी शिविर समेत सिल, फेरि नेपालमा १४ वर्षीया बालकमा पनि देखियो कोरोना” जस्ता शिर्षकमा भाम्रक समाचार पोस्ट गरेको थियो । अन्य पोर्टलहरुले पनि यसरी नै हुँदै नभएका तथ्यहीन समाचार राखेका कारण बन्द गरिएको हो। बन्द गरिएका अनलाईनका नाम र उनीहरु द्वारा प्रकाशित गरिएका भ्रामक समाचारका शिर्षकहरु तल उल्लेख गरिएको हो । यसरी केहि अनलाईन संचारका कारण मानिसहरुले सबै अनलाईनलाई गलत रुपले हेर्ने र कुनै पनि समाचारको भर नगर्ने वातावारणको समेत सिर्जना हुन सक्छ ।