बोर्डको प्राबिधिक सदस्यमा कँडेल

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। नेपाली चलचित्र क्षेत्रको उत्थान र विकासको लागि आफ्नो अतुलनीय योगदान दिँदै आएका कुशल सिनेमाटोग्राफर नीरज कँडेल प्राबिधिक समिति सदस्यमा नियुक्त भएका छन् । बिभिन्न बिद्यामा सदस्य नियुक्ती गर्ने प्रावधान मुताविक चलचित्र बिकास बोर्डले नीरज कँडेललाई बोर्डको मिति २०८०,२,२ को निर्णय अनुसार प्राबिधिक सदस्यमा नियुक्ती गरिएको बोर्डका अध्यक्ष भुवन केसीव्दारा हस्ताक्षरित पत्रमा उल्लेख छ । झण्डै दर्जनको हाराहारी चलचित्र छायांकन गर्न भ्याएका छायाँकार निरज कंडेल धादिङ, बेनिघाट वडा नं. ९ का स्थानीय वासिन्दा हुन् । सिनेमाटोग्राफरको भिडमा आफूलाई छोटै समयमा अब्वल छायाँकारको रुपमा चिनाउँन सफल कंडेल चलचित्रलाई मनोरञ्जन र समाज परिवर्तनको संवाहक मान्छन् । उनि कलाक्षेत्रप्रति लगाव राख्दै यसैक्षेत्रमा निरन्तर लागि परिरहेका ब्यक्ति हुन् । नेपाली चलचित्र र नेपाली मनोरञ्जनात्मक उत्पादन विश्व बजारसम्म पुग्नुपर्ने र यस क्षेत्रका अग्रज हस्तीहरुले यो विषयमा अलि बढी सकृय हुने हो भने नेपाली चलचित्रले पनि विश्वबजारमा रामै्र स्थान पाउन सक्ने उनको धारणा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *