लागूऔषध कारोबार गर्ने ५ जना विदेशी सहित १२ जनालाई पक्राउ

मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं–नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले अवैध लागूऔषध कारोबार गर्ने ५ जना विदेशी सहित १२ जनालाई पक्राउ गरेको छ । व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ २८ देखि असार ७ गतेसम्म गरिएको अपरेशनका क्रममा लागूऔषध कारोबार गर्ने ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

पछिल्लो समय राजधानीमा लागूऔषधको कारोबार बढेको भन्दै प्रहरीले नियन्त्रणका लागि विशेष अप्रेसन नै चलाएको थियो । यो साता व्यूरोले गरेको आठ अप्रेसनबाट १२ जनालाई पक्राउ गरिएको हो ।

व्युरोले गत जेष्ठ २८ गते काठमाडौको सिनामंगलमा भारत घर भएका हेमन्तकुमार भगतलाई खैरो हिरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरि पेस्तोल खोस्ने प्रयास गरेकाले जवाफ कारवाही गर्दा बायाँ खुट्टामा गोली लागि उपचार भइरहेको र उनीसंग सोधपुछ गर्दा भारत घर भई धरान बस्ने राम भजन भन्ने संंजिव कुमारको समेत संलग्नता देखिएकाले उनलाइ पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै करिब ७ किलो लागूऔषध चरेशसहित एक जना जर्मन नागरिकलाई इस्तानबुल जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनले विशेष अपरेशनका क्रममा १० हजार १ सय ३० पिस एलएसडी स्टीकरसहित ५ लाई पक्राउ गरिएको बताए ।

ठमेल सातघुम्तीबाट काठमाडौं चन्द्रागिरी घर भएका सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरिएको जोशीले जानकारी दिए । उनले कागजमा टाँस्ने स्टीकरको स्वरुपमा एलएसडी बरामद गरिएको पनि बताए ।

त्यस्तै अनुसन्धानका क्रममा अवैध लागूऔषधसहित विभिन्न तीन जनालाई पक्राउ गरिएको व्युरोले जनाएको छ । पक्राउ परेकाहरुबाट बरामद अवैध लागूऔषधको अवैध बजार मूल्य २ करोड ३३ लाख भन्दा बढी रहेको पनि व्युरोले जानकारी दिएको छ

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *