ऐतिहाशिक पदकधारी एरिकाको विमानस्थलमा भव्य स्वागत

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चीनको हाङझाउमा सेप्टेम्वर २० देखि २२ मा सम्पन्न भएको २० औं एसियाली सिनियर कराते प्रतियोगितामा ऐतिहाशिक रजत पदक विजेता एरिका गुरुङ्ग मंगलवार स्वदेश फर्किएकी छिन । आज विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ग सहितको हजारौको संख्यामा उपस्थित खेलपदाधिकारी,खेलकर्मी र शुभचिन्तकहरुले भव्य स्वागत गरेका थिए । एरिकाले जितेको यो पदक नेपाली करातेले प्राप्त गरेको अहिले सम्म कै ठुलो उपलव्धी हो । ऐतिहाशिक रजत पदक दिलाएकी एरिकाले गत वर्ष चीन मै सम्पन्न भएको १९ ओै एशियन गेम्समा पनि रजत पदक दिलाउदै २५ बर्ष अघिको साख ः पुन दोहोर्याएकी थिइन ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *