उद्दार र राहतमा प्राथमिकता देउ सरकार

सम्पादकीय
खवर पाटी (खोज खबरको अभियान)

बिहीबार रातिदेखि देशभर परेको अविरल वर्षाका कारण देशले ठूलो धनजनको क्षति व्यहोर्नुं प¥यो । मनसुन बाहिरिने समय नजिक रहँदा गएको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म १९३ जनाको मृत्यु भएको छ । थप जानकारीहरु आउने क्रम जारी नै रहेको अवस्था छ । यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी ३१ जना बेपत्ता छन् । ९६ जना घाइते भएका प्रहरीले जनाएको छ ।सोमबार बिहान साढे ९ बजेसम्मको विवरणानुसार, तीन हजार ७०५ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । शनिबार अपराह्नपछि अविरल वर्षात रोकियो तर वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको विवरणहरु क्रमश सार्वजनिक भइरहेको छ ।

प्राकृतिक विपत्ति कसैको वसमा हुँदैन । यसकारण यसबाट पुुग्नजाने क्षति, हानि नोक्सानीले जनता र समग्र देशकै हानि नोक्सानी गर्दछ । तर यस्ता दैवि विपत्तिबाट जनातालाई जोगाउन, भौतिक क्षति न्युनिकरण गर्न पूर्व तयारी गरिनुु नै पर्दछ । यस पटक केही दिन अघि देखिनै विषण वर्षाको सम्भावना रहेको चेतावनी मौषम पूर्वानुमान महाशाखाले जारी गरेको थियो । तर पनि राज्यले यस्तो आँकलनलाई कुनै वास्ता गरेन । भारी वर्षाका कारण उत्पन्न परिस्थिति, उद्दार र जोखिम न्युनिकरण गर्न सरकार चुक्यो । राजधानी जस्तो क्षेत्रमा समेत उद्दारका कार्यमा समयमै सरकार पुुग्न नसकेर जनताले ज्यान गुमाउनु प¥यो । जनताले राज्य खोइ भनेर गुहार मागिरहे सरकारले जनताको आपत विपतलाई सुन्न सकेन । जनताबाट आज चौतर्फी रुपमा सरकार आलोचित बनेको ।

सरकार र राजनीतिक नेतृत्वले साँच्चै नै देश तथा जनताप्रति जिम्मेवारी बोध गर्ने हो भने बिपद्को सामना गर्न दीर्घकालीन र अल्पकालीन तयार युद्धस्तरमा गर्नुपर्ने देखिन्छ । सम्बन्धित प्रशासनिक अधिकारीलाई आवश्यक स्रोत साधनसहित काम गर्ने स्वतन्त्रता दिनुका साथै ढिलासुस्ती वा हेलचेक्य्राइँका लागि जिम्मेवार पनि बनाउनुपर्छ ।

आकस्मिक बिपद् आइलागेर बाटामा अलपत्र परेकादेखि पहिरोमा घर पुरिँदा उम्केर बाँचेकासम्म सबैलाई उनीहरू स्वयंले गुजारा चलाउने व्यवस्था मिलाउने समय नहुँदासम्म बस्ने, खाने र बालबालिका भए विद्यालय जाने प्रबन्ध मिलाउन सरकारले प्राथमिकता दिनुपर्छ । आकस्मिक सहायता र उद्धारका समयमा सरकारले नियमनका नाममा नियन्त्रण गर्ने दुष्ट प्रवृत्ति पनि नदेखाओस् । अहिले देशका कैयौं क्षेत्रमा विपतका कारण जनता अलपत्र अवस्थामा छन्ु । राहतको आवश्यकता छ । उद्दार र राहतको कार्यलाई तिवू्रताका साथ अगाडि बढाउनुु आवश्यक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *