धर्म परिवर्तन गराउँदै हिंड्ने पास्टर पक्राउ

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : कैलालीमा धर्म परिवर्तन गराउँदै हिँडेका एक चर्चका पास्टरलाई प्रहरीले पक्राउ गरेको छ। लम्कीका सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोजेको आरोपमा लम्कीचुहा नगरपालिका-१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई पक्राउ परेका हुन्।

उनीमाथि धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्‌काले जानकारी दिए। उनले भने,‘ धर्म परिवर्तनमा जाहेरी परेपछि हामीले नियन्त्रणमा लिएका छौँ। थप अनुसन्धान भइरहेको छ।’

भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा केही दिन अघिमात्र लम्कीचुहा नगरपालिका-१ मा रहेको शहीद स्मृति माविमा विद्यार्थीलाई बाइबल र इसुको बारेमा प्रचार गर्दै ईसाई धर्म अंगाल्न अनुरोध गरेको भिडियो हिजो सार्वजनिक भएको थियो।

यसअघि समेत नगर क्षेत्रका बिभिन्न विद्यालयहरुमा खेल सामग्री, झोला, टिसर्ट र चकलेट वितरण गर्ने भन्दै मिसनरीका मानिसहरूले कलिला बालबालिकालाई इसाईमा लाग्न प्रेरित गर्ने गरेका छन्।

कतिपय अवस्थामा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिकै पदाधिकारीहरुको समेत मिलेमतो देखिने गरेको छ। इन्सपेक्टर खड्‌काका अनुसार विद्यालयकै पदाधिकारीको संलग्नता नै पुष्टि भएको छैन। तर, उनीमाथि समेत सोधपुछ भने भइरहेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *