न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

चितवन । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट 325 R रीजन १५ अन्तर्गतका लायन्स क्लबहरूको संयुक्त आयोजनामा देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक भवनमा न्यानो कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता रीजन चेयरपर्सन एम जे एफ लायन आनन्द पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट 325R का गभर्नर पि एम जे एफ लायन दिननाथ न्यौपाने उपस्थित रहनुभएको थियो । प्रमुख अतिथिले लायन्स क्लबले समाजमा पुर्याउँदै आएको सकारात्मक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवामूलक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको स्वागत मन्तव्य जोन ३० का जोन चेयरपर्सन एम जे एफ लायन हरि पौडेलले दिनुभएको थियो । उहाँले यस्ता सामाजिक सेवामूलक गतिविधिहरूले समाजमा पुर्याउने सकारात्मक प्रभावको प्रशंसा गर्दै भविष्यमा पनि लायन्स क्लबको नेतृत्वमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन हुने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा देवघाट गाउँपालिका–५ का वडा अध्यक्ष पूर्णबहादुर कुवर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । उहाँले यस्ता सामाजिक गतिविधिहरूले स्थानीय समुदायमा पुर्याउने सकारात्मक प्रभावबारे चर्चा गर्नुभयो । कार्यक्रममा गरिब र असहाय नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको थियो । रीजन चेयरपर्सन आनन्द पौडेलले कार्यक्रमको समापनमा सबै सहभागीलाई धन्यवाद व्यक्त गर्दै यो कार्यक्रम चिसो मौसममा विपन्न वर्गलाई राहत पुर्याउने उद्देश्यले आयोजना गरिएको जानकारी दिनुभयो ।उहाँले भविष्यमा अझ प्रभावकारी र दीर्घकालीन सेवाका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन जोन ३१ का जोन चेयरपर्सन कमल पौडेलले गर्नुभएको थियो । कार्यक्रममा एक्जुकेटिभ चिफ एम जे एफ लायन मेघनाथ बराल, लायन्स क्लब चितवन युथका अध्यक्ष लायन विक्रम सापकोटा, लायन्स क्लब चितवन राइजका अध्यक्ष लायन सुर्यमान श्रेष्ठ, लायन्स क्लबका अन्य पदाधिकारीहरू तथा स्थानीय व्यक्तिहरूको उत्साहपूर्ण उपस्थिति रहेको जानकारी लायन्स क्लब चितवन लंकुका अध्यक्ष लायन महेश्वर झाले दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *