रास्वपा सदस्य थापा अमेरिकी अध्यागमनको हिरासतमा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनजंग थापालाई अमेरिकी अध्यागमन कार्यालय (आईसीई)ले नियन्त्रणमा लिएको छ । उनी अमेरिकन इमिग्रेसनको हिरासतमा परेको सूचना प्राप्त भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनका अनुसार, थापाले यसअघि नै केही व्यक्तिगत कानुनी प्रक्रिया स्पस्ट र समाधान गर्नु छ भनेर पार्टीमा जानकारी गराएका थिए ।उनले उक्त विषय किनारा नलागेसम्म आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन पार्टीमा निवेदन दिएर गएको झाले जानकारी गराएका छन् ।

उनलाई करिब एक साताअघि फिलाडेलफिया अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *