संगीतकर्मी शिखर सन्तोषको संगीत र गायनमा मोनालिसाको नृत्य भाइरल

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं– नेपालका लोकप्रिय संगीतकर्मी शिखर सन्तोष अहिले अचानक चर्चामा आएका छन् । थुप्रै कर्णप्रिय गीतका यी सर्जकलाई यतिबेला नेपालभन्दा पनि भारतबाट थप चर्चा प्राप्त भएको छ । उनकै स्वरमा बनेको एउटा हिन्दी यूगल गीत भाइरल भएपछि उनको चर्चा चुलिएको हो ।

वास्तवमा अहिले सामाजिक सञ्जालका रिल्स तथा टिकटकमा एउटा भिडियो भाइरल भैरहेको छ । संगीतकर्मी शिखर सन्तोष तथा बलिउड गायिका सिरषा भागतुल्यको यूगल गायनको उक्त गीतमा मोनालिसाद्वारा गरिएको उक्त भिडियोमा अघिल्लो साता सम्पन्न प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट भाइरल भएकी भारतीय युवती मोनालिसाको आकर्षक नृत्य प्रदर्शन गरेकी छिन् । मोनालिसाले उक्त नृत्य नेपालकै रौतहट जिल्लाको मौलापुर नगरपालिका, मौलापुरमा आयोजित मधानी महोत्सव महोत्सवका क्रममा गरेकी हुन् ।

संगीतकर्मी शिखर सन्तोषकै आग्रहमा तथा उक्त महोत्सवकी आयोजक तथा नगरपालिकाकी मेयर रिनाकुमारी शाहको निमन्त्रणामा मोनालिसा केही दिनअघि उक्त महोत्सवमा सहभागि भएकी थिइन् ।

संगीतकर्मी शिखर सन्तोषले उनलाई उनकै निवासमा पुगेर महोत्सवसम्म ल्याएका थिए । महोत्सवमा आएपछि उनले स्टेजमा उक्लिएर एउटा प्रस्तुति दिने चाहना व्यक्त गरिन् । त्यसपछि संगीतकर्मी शिखर सन्तोषले आफ्नै स्वरको एउटा हिन्दी गीत ‘मेरा मूड नहि है’  मा नृत्य गर्न आग्रह गरे ।

संगीतकर्मी शिखर सन्तोषको आग्रहमा मोनालिसाले नृत्य गरेको उक्त गीतमा संगीतकर्मी शिखर सन्तोष तथा बलिउड गायिका सिरषा भागतुल्यको यूगल गायन छ । यो गीतलाई शिखर सन्तोषले नै संगीतबद्ध गरेका हुन् । सञ्जय धूपा मिश्रले यो गीतका शब्दहरु रचना गरेका हुन् भने नेपाली संगीतकर्मी रिकेश गुरुङले यो गीतलाई संगीत संयोजन गरेका हुन् ।

संगीतकर्मी शिखर सन्तोषले मोनालिसाले उक्त गीतमा गरेको नृत्यको रिल्सहरु भारतमा भाइरल भैरहेको बताएका छन् । ‘म आफैं पनि अचम्ममा परिरहेको छु उक्त भिडियो भाइरल भएको देखेर, शिखर सन्तोष भन्छन्– ‘मदानी महोत्सवको उक्त भिडियो कसैले खिचेर रिल्स बनाएर अपलोड गर्नु भएको रहेछ । अहिले उक्त भिडियो धेरै भन्दा धेरैले शेयर गरिरहनु भएको छ । मोनालिसाको नृत्यसंगै हाम्रो गायकीले पनि प्रशंसा पाइरहेको छ ।’

शिखर सन्तोषका अनुसार उक्त गीत करिव एक वर्षअघि मुम्बईमै रेकर्ड गरिएको थियो । यद्यपि, व्यस्तताका कारण उक्त गीतको भिडियो निर्माण गर्न पाइएको थिएन । यसैबीच, रौतहटको मदानी महोत्सवमा आयोजकले शिखर सन्तोषमार्फत मोनालिसालाई निमन्त्रणा गर्ने निर्णयपछि उनैले आफ्नो अहिलेसम्म सार्वजनिक नभएको गीतमा नृत्य गराउने निर्णय गरे । उक्त उक्तमा आकर्षक नृत्य गरेपछि अहिले मोनालिसको चर्चा भारतीय सञ्चार माध्यममा समेत भैरहेको छ ।

यसैबीच, संगीतकर्मी शिखर सन्तोषले उक्त गीतको औपचारिक म्युजिक भिडियो निर्माण गर्ने योजना बनाइसकेका छन् । उनले भिडियोमा मोनालिसालाई नै डेब्यू गराउने तयारीसमेत भैरहेको बताएका छन् । ‘हामी केही समयभित्रै यो गीतको औपचारिक भिडियो बनाएर सार्वजनिक गर्नेछौं, उनले भनेका छन् । उनका अनुसार यो गीतको म्युजिक भिडियोलाई सनोज मिश्रले निर्देशन गर्नेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *