समस्या पहिचान गरी नेपालीलाई तत्काल स्वदेश ल्याउन सरकारलाई निर्देशन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिले विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपालमा ल्याएर उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

 समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’को सभापतित्वमा बसेको बैठकले सो निर्देशन दिएको हो ।

बैठकमा १०९ मुलुकमा ३४ लाख ५९ हजार ३ सय ७३ नेपाली रहेका प्रारम्भिक तथ्याङ्कका  आधारमा काम भइरहेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका थिए। उनले यो तथ्याङ्क केही घटबढ हुनसक्ने बताए ।

विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा तत्काल आवश्यकता र समस्या पहिचान गरी प्राथमिकताको आधारमा स्वदेश ल्याउने तयारी भइरहेको उनले बताए । उनले पहिलो चरणमा २४ देखि २५ हजार नेपालीलाई ल्याइने जानकारी दिए ।

राष्ट्रिय सरोकार समितिले ६४ औं बैठक सम्पन्न गरिसकेको छ । विभिन्न सरोकारका विषय उठाउँदै कार्यान्वयन गर्न सरकारलाई समितिले निर्देशन दिने गरेको छ ।  – रातोपाटी

Facebook Comments Box