पढेउ कहिले शब्द-शब्द, तिमी कम्युनिस्ट भयौ ?

खवर पाटी (खोज खबरको अभियान)

 पढेउ कहिले शब्द-शब्द
अक्षरहरुको मर्म त्यो घोषणा पत्रको
अनि द्वन्द्वात्मक भौतिकवादको ?
धेरै पुस्तक पढियो भन्दै पुस्तकालय नै
देखाउँदा के पो हुन्छ र ?
शब्दहरु रटाई त सुगाले पो गर्छ
के तिमी रटेरै फगत कम्युनिस्ट भयौ ? 

 

तिमीलाई मैले कहिल्यै
फ्याक्टरी र मिलहरुका चिम्नी
अनि धुवांमा सलबलाएको
पसिनाले लथपथ मेरो शरीरमा तिम्रो
कोमल श्पर्शको अनुभुति थाहा छैन्
खेतका आली र गह्राहरुमा तिम्रा
पाउ टेकिएकै छैनन अनि भनत
तिमी कम्युनिस्ट भयौ ?

भरिएको भुंँडिलाई भोकको
दुखाइ थाहा हुन्न, मलमलका
पोशाकलाई नाङ्गो जीउको
तातो-चिसो थाहा हुन्न
तिमी महल बस्ने, चुहिने छानो
कसरी टाल्ने थाहा हुन्न अनि
भनत
तिमी कम्युनिस्ट भयौ ?

न त तिमी कहिले चिरा परेका
पैंताला अनि हत्केलै पढेउ
न आफैं बिहान साहुको गोदाम
पसेर बेलुका निस्कंदा अर्कै वस्तु
भएर बाहिर आयौ
महिना दिनमा धेरै
पसिना बेचेर थोरै
दाम लिंदाको अनुहारको त्यो
खुसीको चमक न तिमीलाई
थाहा छ अनि भनत….
तिमी कम्युनिस्ट भयौ ?

असली कम्युनिस्ट हुन
तिमीले के के पो गरेउ त
मिल्ने जतिलाई एजेन्ट
बनाएउ
नमिल्नेलाई पाखा
अल्पमत र बहुमतको
कोर्राले
विधर्मीहरुसँग नि सँगै
भान्सा गरेउ
बाघ र बाख्रा एकै देखेउ
हौ साथी !
तिमी कम्युनिस्ट भयौ ?

आफ्नो घर आउंछु भन्दा नि
सिमानामा नाङ्गै हिंडायौ
कोरोनाको त्रास देखाइ
क्वारेन्टाइनमा भोकभोकै
मरायौ….
अर्कैले दौडाउँछ घोडो
पुरानो चाबुक देखाउंदै
सिल्ली कुरो गर्दै भन्छौ मेरो
लु भनत
तिमी कम्युनिस्ट भयौ ?

 

 

  •  गोपाल ढुङ्गेल

Facebook Comments Box