बिषयमा समान रुपमा सहभागी भइ निर्णय गर्न पाउने अधिकार आदि बिषयसित बिकास कार्यक्रमको सोझो सम्बन्ध रहेको हुन्छ। विश्वको अधिकांस विद्वानले बिकासलाई फरक फरक तर्कले ब्याख्या गरेको पाईन्छ । एक प्रसिद्ध विद्वान ह्युरो स्लिमले भनेका छन कि विकासलाई भौतिक बस्तु जस्तै गरि तौलन नसकिने तर्क राख्दै एउटा परिवर्तित प्रकृयाका रुपमा विकासलाई लिएको छ, जसले मानब क्षमताको अभिवृद्धि तथा स्वतन्त्रतालाई बिकासका लागि आबश्यक तत्व ठान्दछन् । त्यसैगरि अर्को विश्वप्रसिद्ध विद्वान डेभिड कोर्टनले पनि विकासलाई एउटा प्रकृयाका रुपमा लिएका छन । जसमा स्रोत र साधनको सहि परिचालनमा मानिसको व्याक्तिगत र संस्थागत क्षमता बिकास भएको होस् ।
जसबाट दिगो बिकास र जिबन पद्दतिमा सुधार आउन सकोस् । नेपालको सन्दर्भमा केन्द्रीत रहेर बिकासका कुरा गर्दा ग्रामिण बिकास पछि परेको देखिन्छ । अहिलेको समयलाइ मध्यनजर गरेर हेर्दा शहर र ग्रामिण जनताबाहरुको बिचमा ठुलो अन्तर देखिन्छ। आज ग्रामिण जनताबाहरुले सोधिरहेका छन कि सरकार बिकास शहरमा मात्र सिमित हुने हो ? हो आज राज्यको पुर्वाग्रहकै कारण दुर्गम क्षेत्रका जनता बिकासको प्रकृयाबाट अलग्गिएका छन । आज पनि देशमा कतिपय आदिवासी जनजातिहरु पिछडिएको अबस्थामा छन । यध्यपी उनिहरूले राज्यविरुद्ध बिद्रोह पनि गर्न सकिरहेका छैनन् । उनिहरु आफु नेपाली हुनुमा गौरव गर्नसक्नेअबस्थामा कमजोर बन्दै गइरहेका छन्। निश्चय पनि देश साझा हुन्छ ।
राज्यले यसतर्फ सोच्न नसके भविश्यमा ठुलो बिद्रोह पनि हुन सक्छ । ग्रामिण र सहरि समाजमा बिकासको छुट्टा छुट्टै उद्देश्य हुन सक्दछ । यि दुबै खालका समाजले दिगो बिकास साथसाथै समतामुलक बिकास द्वारा नै समाज उन्नति प्रगतिको बाटोमा अघि बढ्न सक्ने धारणा राख्दछन। कतिपय बौद्धिक समाजबादिले त न्यायिक बिकास बिनाको परिवर्तनलाई बिकास भन्न नमिल्ने धारणा ब्यक्त गरेको पाईन्छ। बिकास प्रकृयामा समाजका सबै पक्षले ससक्त ढंगबाट काम गर्नुपर्छ। अर्थात एक दुइ पक्षले मात्र काम गरेर असंभव छ ।
हरेक समाजका समाजबासि लाई आमनिर्भर बनाई स्वरोजगारओ मुलुक क्षेत्र आबद्द गराउनु बिकासको उद्देश्य हो । तसर्थ कृषि लगायतका बहु सम्भावित क्षेत्रमा ब्यापक सुधार गरि ग्रामिण बिपन्नता, गरिबि, अभाब, पछौटेपना, बिभेद तथा असमानता हटाई समाजमा सकारात्मक परिवर्तन ल्याई समाज प्रगतिपथतिर अगाडि बढ्नु नै बिकास हो ।
अन्त्यमा परिवारको ठुलो स्वरुप पश्चात मात्र समाज बन्ने गर्दछ । सामान्यतया ग्रामिण समाज र सहरी समाज भित्र निरन्तर फरक फरक क्रियाकलापहरु सम्पन्न हुने गर्दछन । ग्रामिण समाजमा बिकासको क्रम ढिलो हुन सक्दछ तर निरन्तर चलिरहेको हुन्छ । समाजभित्रको एक अंगमा आउने परिवर्तनलाई सामाजिक बिकास भन्न मिल्दैन।
समाजभित्र हुने ठुलो परिवर्तन नै सामाजिक बिकास हो । सामाजिक, राजनैतीक, सास्कृतिक, लगायत अन्य क्षेत्रहरुमा हुने आमुल परिबर्तनलाई बिकास भन्न सकिन्छ। असल, सम्पन्न, मर्यादित , शान्तिपूर्ण, शिक्षित, समान रुपमा बाच्न पाउने अधिकार र अबस्थालाई माननिय बिकासको रुपमा लिइन्छ। मुलत: समाजको व्याक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक, राजनैतिक, सास्कृतिक लगायत अन्य क्षेत्रहरुमा आउने सकारात्मक परिवर्तन नै बिकास हो।
लेखक : सरोज पोखरेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग, मानवशास्त्र बिषयमा दर्शनाचार्यमा अध्ययनरत