छुवाछुत र जातिवाद।

खवर पाटी (खोज खबरको अभियान)

हामी २१ औ सताब्दीमा आइपुगेका छौ। जब यो संसारमा मानब जातिको उत्पत्ति भयो र संगसगै उत्पत्ति भयो धर्म, संस्कार,जातिवाद र छुवाछुतको पनि बिकास हुदै गयो । जब मानिसको सभ्यता बिस्तारै बिकसीत हुदै गयो।मानिसले संसारमा जिउनको लागी बिभिन्न कर्म गर्न लागे।कर्म गर्ने सिलसिलामा मान्छेले बिभिन्न पेसालाइ अगाल्दै जान थाले । पेसाको आधारमा मान्छेको बर्ग छुटाउने काम भयो।कथित उचित र धनी बर्गले पेसाको आधारमा अन्याय गर्दै बिभेदको मानसिकता राख्दै तल्लो जाति भन्दै होच्याउने र शोषण गर्ने काम भयो।

आजको समयमा आएर मानिस जातिको ठुलो समस्या बनेको छ छुवाछुत।पेसा चाहे ठुलो होस् या सानो सबैको स्वाभिमान समान हुन्छ। छुवाछुत समाजमा एउटा प्रचलनको रूपमा उदय भयो।समाजमा केही मानिसलाइ तल्लो जातको बिल्ला भिराउदै मानिसले नै मानिसलाइ धेरै टाढा राख्ने चलनको बिकास भयो।अनी सामाजिक अधिकार शिक्षा समानताबाट बंचित राख्ने र मानब अधिकारको हनन् गर्ने सिलसिला जारी भयो।

छुवाछुत र तल्लो जाति भन्ने मानसिकताले गर्दा नेपाली समाजमा ख़तरनाक मानसिकताको बिकास भएको छ।कथित माथिल्लो जातका मानिसले तल्लो जातका मानिसको स्पर्सलाइ पनी स्वाकार नगरेर मानबताको नै हत्या गरेका छन्। छुवाछुत अन्त्यको लागी हाम्रो देश नेपालमा ठुला ठुला आन्दोलनहरू भए।धेरै आदर्शका कुराहरू भए।तर यथार्थमा बिचारमा,सोचाइमा र ब्याबहारमा समाजमा केही परिवर्तन हुन सकेन।

आजपनी धर्म संस्कार र पेसाको आधारमा मान्छेले मान्छेलाइ ब्याबहार गर्ने गर्छन। हाम्रो समाजमा देशमा आजपनी छुवाछुतले र तल्लो जातिको भन्ने मानसिकताले जरा गाडेको छ।छुवाछुत र तल्लो जातिको भन्ने बिचार ,हेर्ने नजर र गर्ने ब्याबहारले हाम्रो समाजलाइ बाडेको छ। जाति,धर्म ठुलो र सानो भन्ने मानसिकता राख्दा हामी सबै भन्दा सर्ब उत्कृष्ट प्राणी हौ भन्ने हरू पनी एक चोटी सोच्न बाध्य भएका छौ कि कतै हामी मानवताको नै त हत्या गर्दै छैनौ ?

जातको नाममा गरीने जातिय बिभेदको अन्त्यको लागी शिक्षानै उत्तम बिधी हो। पश्चिम रुकुम, चौरजहारी नगरपालिकामा भएको घटनाको दोषीलाइ कारबाहीको माग गर्दछौ। समाजलाइ छुवाछुत,जातिय बिभेद मुक्त बनाऔ।

सुखी नेपाली,समृद्ध नेपाल बनाउन एक भएर हातेमालो गरौ। बदलिए हामी बदलीने छ समाज। बदलिए समाज बदलिने छ हाम्रो नेपाल।

  • नुर मोहम्मद मियॉ ।
Facebook Comments Box