कतार च्यारीटी मार्फत कतारमा रहेका ६१७ जना नेपालीहरुलाई खाद्यन्न राहत वितरण

खवर पाटी (खोज खबरको अभियान)

कतार,  कोरोना महामारीका कारण समस्यामा परेका कतारमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई कतार सरकारको गृह मन्त्रालयद्धारा कतार च्यारीटी मार्फत खाद्य सामाग्रीहरु वितरण गरेको छ ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितिले अठौ चरणमा मिति २४ मे २०२० का दिन ३०८ जना, नवौ चरणमा मिति २४ मे २०२० का दिन २०० जना तथा दशौ चरणमा मिति २७ मे २०२० का दिन कतारको विभिन्न ठाउँमा रहेका ६१७ जना नेपाली दाजु भाई तथा दीदी बहिनीहरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको हो।
बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ भने यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनीहरूलाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति क़तार सरकारको गृह मन्त्रालयद्वारा क़तार च्यारीटी मार्फ़त प्राप्त खाद्य सामाग्री क्रमशः वितरण गर्दै आएको हो ।

यस राहत बितरणमा खटिनुभएको आईसीसी सल्लाहकार टि.बि. कार्की , मध्य पुर्ब संयोजक प्रविन गुरुगं, आईसीसी रमेश भट्ट , सल्लाहकारहरू उद्दार तथा राहत वितरण समिति संयोजक तथा सदस्यहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू लगायत सहभागी सम्पूर्णमा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

घरमै बस्नु होस,

तपाई को सुरक्षा नै मेरो सुरक्षा हो,

 

  • मोहम्मद मुक्तदा मुसलमान
    अध्यक्ष
    गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार
Facebook Comments Box