सिमानामा नागरिकको सुरक्षामा खटिरहेका प्रहरीको सडकमै बास

खवर पाटी (खोज खबरको अभियान)
काठमाडौ । अहिले विश्वयापी महामारी रुप लिईरहेको कोरोना भाइरसका कारण सबैको जनजीवन प्रभावित बनेको छ । यसबाट बच्नका लागी अहिले सबैतिर लकडाउनको घोषणा गरिएको छ भने  यसका साथै लकडाउनको कडाईका लागी धेरै नै सुरक्षाकर्मीहरु खताइएको छ । नेपालमा पनि यस भाइरसले त्रास फैलाइरहेको छ तसर्थ करिब २ महिनादेखि नेपाल लकडाउनको अवस्थामा छ । सबैलाई लकडाउन पालना गराउनका लागी अहिले निकै उल्लेखीय मात्रामा नेपाली प्रहरी तैनाथ गरिएको छ । त्यस्तै सिमाबाट पनि धेरै मानिस नेपाल छिरिरहेको कारण सिमामा पनि प्रहरीहरु खटाइएको छ । अहिले यस म’हामा’रीको घडीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले निकै ठुलो भूमिका निर्वाह गरिरहेका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनमा दिनरात नभनी खटिएका डोटीका प्रहरीहरुको पछिल्लो समय सडकमै बास हुन थालेको छ । भारतबाट दैनिक सयौँ नागरिकहरु सिमा हुँदै जिल्ला प्रवेश गर्न थालेपछि उनीहरुको सुरक्षा तथा उनीहरुलाई सम्बन्धित पालिकामा पठाउनका लागि खटिएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाही सहित अन्य डिउटीमा खटिने प्रहरीहरु खुला सडकमै रात सुत्ने गरेका छन् । भारतबाट मानिसहरु नेपाल छिर्ने संख्या बढेसँगै  स्थानीय तहहरुलाई व्यवस्थापन गर्न हम्यहम्ये भएको छ । त्यसरी बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको हुँदा एउटै वडामा चार/पाँच स्थानमा क्वारेण्टाइन बनाएर राख्नुपर्ने अवस्था आएको स्थानीय तहका जनप्रतिनिधि बताएका छन् ।

यो पिडा डोटी जिल्लामा पनि उत्तिकै रहेको छ । सीमा नाकाबाट यातायातको व्यवस्था गरेर क्वारेन्टाइनसम्म ल्याउने र क्वारेन्टाइनमा खाना, खाजाको व्यवस्था गर्दागर्दै पनि मानिसहरु क्वारेण्टाइनमा बस्न मानिरहेका छैन् र कतिपय त भागेर घर जाने गरेको समेत जनप्रतिनिधिको गुनासो छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरीएको लकडाउनमा अग्रमोर्चामा खटिएका यहाँका प्रहरीको दैनिक सडकको भुईमै बास हुन थालेको दिपायल पिपल्लाका स्थानीय बमबहादुर बोहराले बताउनुभएको छ। उहाँले भन्नुभयो, “भारतबाट नेपाल आएका नागरिक राती बसमा आउने भएकाले उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी राती भुँइमा सुतेका हुन्छन, भुइमा ओछ्याउने कपडा पनि नहुँदा खाली जमिनमा सुत्दै आएका देखिन्छन् ।”

अहिले यहाका प्रहरीको बास मात्र सडक भएको छैन, यस सँगै भारतबाट आएका नागरिकको व्यवस्थापनका लागि खटिएका प्रहरी कर्मचारीले आफ्नो व्यारेकमा गएर खाना समेत पनि खान पाएका छैनन् । सीमाबाट आउने मानिसको संख्या बढेसँगै हरेक समय ड्युटीमा खटिनु पर्ने हुँदा उनीहरुले खाना समेत सडकमै खाने गर्न थालेका छन् । नागरिकको व्यवस्थापन गर्न समयमा व्यारेकमा खाना खान जाने फुर्सद समेत नहुँने गरेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीले बताउनुभएको हो। उहाँले भन्नुभयो, “व्यारेक गएर खाना खान मात्रै होईन रातभरी सडकमै सुतेर बिहान मुख समेत धुन नपाएको घेरै दिन भइसक्यो, नागरिकको सुरक्षा गर्दा गर्दै रात दिन बितेको पत्तो हुँदैन ।”

अहिले भारतबाट नेपाल आउनेको संख्यामा वृद्धि आएको छ भने यससँगै भारतबाट आउने प्रायमा संक्रमण पुष्टि भएको छ । यस्तो अवस्थामा उनीहरु बाट अन्य व्यक्तिमा समेत कोरोनाको जोखिम बढेको भन्दै यहाँका स्थानीबासीले गाडी समेत रोक्ने गरेका छन् भने आफ्नो छिमेकमा रहेका क्वारेन्टिनमा लैजान समेत अवरोध गर्ने गरेका कारण प्रहरीलाई झन समस्या हुँदै आएको प्रमुख शाहीले गुनासो गर्नुभएको छ। जिल्लामा दरबन्दी अनुसारका प्रहरी कर्मचारी नभएका कारण नागरिकको सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई समस्या हुँदै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कर्ण बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा प्रहरी सङ्ख्या दरबन्दी अनुसार छैन, एकजना प्रहरीले कम्तीमा पनि १२ घण्टा डिउटी गर्नु पर्ने अवस्था आएको छ ।”

जिल्लामा भएका दरबन्दी अनुसारका प्रहरी कर्मचारी कोही काजमा तथा कोही भिआइपीको सुरक्षामा पहिलेदेखि खटिएका र फिर्ता नभएका कारण समस्या हुँदै आएको उहाँको भनाइ छ । डोटीमा जिल्ला प्रहरी कार्यालय, ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालय दुई, ‘ख’ श्रेणीका इलाका प्रहरी कार्यालय चार, प्रहरी चौकी आठ र अस्थायी प्रहरी पोष्ट तीन वटा रहेका छन् । डोटी जिल्लामा कुल चार सय २६ प्रहरी कर्मचारीको दरबन्दी छ भने पदपूर्ति भने दुई सय ९२ जनाको मात्रै छ । दरवन्दी अनुसार अझै एक सय ३४ जना अपुग रहेका छन् । दरबन्दीहरुमध्ये नेपाल प्रहरीले नियमित रुपमा सुरक्षा दिदै आएको जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, जिल्ला अदालत, कारागार र बाल सुधार गृहमा खटिएका छन् भने अहिले यस महामारी बीच अस्पतालहरुमा पनि प्रहरी कर्मचारी खटाउनु परेको छ ।

‘जिल्लाभित्र नौ स्थानीय तहमा ६५ वडा रहेका छन्, भारतबाट आएकाहरुलाई एक वडामा एक मात्रै क्वारेण्टाइन बनाउने हो भने पनि ६५ टोली आवश्यक पर्छ’ सूचना अधिकारी बोहरा भन्छन् ‘हामीसंग भएको जनशक्तिले भ्याउँदैन ।’ त्यस्तै राज्यको उपस्थितिको रुपमा एक वडामा मात्र एक/दुई जना प्रहरी कर्मचारी पठाउन सकिनेडोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले बताए  । उनले भने ‘हामीसंग भएको जनशक्ति यत्ति हो, जति जति पुग्छ परिचालन गर्छौं, जसो जसो होला त्यसै टार्दै जाउँला’ भन्ने मानसिकता बनाएका छन् । प्रहरीको संख्यामा कमि रहेकै कारण अहिले डोटीमा विभिन्न्कर्यमा प्रहरी संचालन गर्नमा क*ठिनाई आइरहेको छ र थप प्रहरीको आवश्यकता रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कुल ४२६ जना प्रहरी कर्मचारीको दरबन्दी भएपनि हाल २२६ जना मात्रै कार्यरत रहेको बताइएको छ । जिल्लामा दरबन्दी भएका प्रहरी कर्मचारीलाई तत्काल र्फिता गर्न सम्बन्धित निकायमा पटक पटक ताकेता गर्दा पनि अहिले सम्म फिर्ता नगरिएको प्रहरी निरिक्षक तथा सूचना अधिकारी बोहराले जानकारी दिनुभयो । त्यसो त नेपालको संविधानको अनुसूची-६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा सम्बन्धीको सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिएको छ । सरकार गठन भएको दुई बर्ष बितिसक्दा पनि प्रदेश सरकारले भने अझैसम्म पनि प्रहरी गठन गर्न सकेको छैन। अहिले फैलिरहेको यस म’हामा’रिको  अवस्थामा त झन प्रहरी हरु थप परिचालन हुनुपर्नेमा डोटी जिल्लाले आवश्यता अनुसारको प्रहरी समेत परिचालन गर्न नसकेको देखिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसएपी) मुकेशकुमार सिंहले डोटीमा प्रहरीको अभाव भएकै कारणले सडकमा बास भइरहेको अवस्था खासै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमै सधै प्रहरीको बास भएको भन्न चै मिल्दैन, कहि कतै केही परिस्थितीले बास बसेका वा सुतेका हुनसक्छन्, देश भरीमै प्रहरी सङ्ख्या कमीछ, त्यही अनुरुप जिल्लामा पनि कमी भएको साच्चै हो, डोटीमा समस्या समाधानका लागि प्रदेश प्रहरीले थप १४ जना प्रहरी पठाएको छ अन्य ठाउँमा पनि प्रहरीको व्यवस्था मिलाउदै छ ।”डोटी जिल्लामा हालै कम्तीमा पनि दई हजार ८ सय ७९ को सङ्ख्यामा नागरिकहरु भारतबाट आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

भारतबाट आएका नागरिकलाई दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नं १ को मगलेक माबी तिखा, केआइसिंह गाउँपालिको झिमेमालिका माबि वायल, सरस्वती माबि रानागाउँ शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडी, चवराचौतारा, पूर्वीचौकी गाउँपालिकाको साजघाट, जोरायल गाउँपालिकाको घण्टेश्वर माबि, बडीकेदारको बिपिनगरलगायतका ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल भन्छन,  ‘भारतबाट आउनेको संख्या, भूगोल र संरचनाको उपलव्धताले पनि एक वडामा एक मात्रै क्वारेण्टाइन हुन नसक्ने देखियो, यस हिसाबले एउटै वडामा चार/पाँच ठाउँमा क्वारेण्टाइन हुन सक्छन् ।’ उनीले थपे ‘प्रहरीसंगै स्थानीय तहका स्वयंसेवक राख्नुपर्ने देखिन्छ ।’ उनले सशस्त्र प्रहरीले नियमित पेट्रोलिङ गर्ने बताए । सुचनाहब

Facebook Comments Box