काठमाण्डौं । नेपालको भूमिमा दशकौदेखि कब्जा जमाउने अनि भूमि फिर्ता मागेर दबाब दिन थालिए पछि मनीषा कोईराला देखि राजनीति पार्टी र सरकारको बिरुद्ध बिष ओकलिरहेको भारतीय सञ्चार माध्यममा फेरी नेपाली सेना र सरकारलाई फुटाउने उदेश्यले समाचार प्रकाशित भए पछि सेनाले प्रतिवाद गरेको छ । सीमानाको मुद्धामा प्रमाणहरुका हिशाबले कमजोर भए पछि भारतीय मिडिया सेनाले प्रधानमन्त्री ओलीलाई साथ नदिएको भनेर होहल्ला गर्न थालेका छन् ।
गत बुधबार हिन्दुस्तान टाईम्समा शिसिर गुप्ताले नेपालका प्रधानमन्त्री केपी ओलीले नक्सा सम्बन्धि सविधान शसोधनमा धक्का खाएको , काँग्रेसले समय मागेको , सेनापतिलाई भारतीय सेना पतिले नेपालले कसैको उक्साहटमा सीमाको बिषय उठाएको भनेर दिएको अभिव्यक्तिको गर्न गर्न लगाउदा नेपालका प्रधान सेनापति पूर्णचन्द्र थापाले नमानेको भनेर समाचार लेखिएको छ ।
त्यसै गरी टिएफआईपोष्ट डटकममा सेनापति पूर्ण चन्द्र थापालाई भारतीय सेनापति नरवाणेको अभिव्यक्तिको खण्डन गर्न निर्देशन दिएको तर उनले नो थ्याक्स मात्र भनेर प्रधानमन्त्री केपी ओलीको भारत विरोधी कदममा साथ नदिएको भनेर टिप्पणी गरिएको थियो ।
यो समाचार पछि नेपाली सेनाले एक विज्ञप्ति निकालेर माथि उल्लेखित मिडियामा प्रकाशित समाचार भ्रामक, कपोलकल्पित र निराधार रहेको भन्दै ध्यानाकर्षण भएको जनाईएको छ ।
“राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ। यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।” सेनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
सेनाले आज जारी गरको विज्ञप्तिः
२. उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।
३. राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ। यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।
४. साथै आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्वन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन नेपाली सेना अनुरोध गर्दछ ।