भारत विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूची, नवौ नम्बरमा

खवर पाटी (खोज खबरको अभियान)

१६ जेठ एजेन्सी । भारत विश्वमा सबै भन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा नवौ नम्बरमा पुगेको छ । यस अघि दश उच्च प्रभावित देशमा रहेको भारतले पछिल्लो २४ घण्टामा टर्कीलाई समेत उछिनेर नवौ स्थानमा पुग्यो ।
भारतमा कुल संक्रमित एक लाख ६५ हजार ७ सय ९९ छ । यस्तै मृत्यु पनि ४ हजार ७ सय ६ पुगेको छ ।
बुधबार एकै दिन भारतमा ७ हजार ४ सय भन्दा बढी संक्रमित बढेका छन् । भारतमा संक्रमित चीनको भन्दा दोब्बर भएको छ भने मृत्युमा पनि चीनलाई उछिनेको छ । चीनमा ८२ हजार संक्रमित थिए भने ४६ सय ३४ जनाको मृत्यु भएको थियो । यदी यही रफ्तारमा भारतमा कोरोना बढी रहने हो भने आगामी साता भित्र जर्मनी र फ्रान्स भन्दा पनि बढी स्रक्रमित पुग्न सक्ने चिन्ता गर्न थालिएको जनाईएको छ ।
यस संक्रमणबाट निको भएका बिरामीको संख्या ७१ हजार १०५ जना रहेको भारतले जनाएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५९ हजार ५४६ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १९ हजार ३७२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । दिल्लीमा १६ हजार २८१ जना कोरोना संक्रमित रहेका छन् ।गुजरातमा १५ हजार ५७२ संक्रमति रहेका छन् ।

भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

Facebook Comments Box