आज थप १७० जनामा कोरोना संकमण, कुल संक्रमित संख्या १२१२ पुग्यो

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, १६ जेठ । देशमा कोरोना भाइरसका संक्रमित १२१२ पुगेका छन् । आज १७० संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित संख्याबारे जानकारी दिएका छन् । दिनानुदिन संक्रमित संख्या बढिरहेको छ ।आज थपिएकामा १६५ पुरुष र ५ जना महिला छन् ।

अहिलेसम्म कुल पाँच जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

आजसम्म २०६ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन

Facebook Comments Box