विश्व स्वास्थ्य संगठनबाट अमेरीका बाहिरीने ट्रम्पको घोषणा

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी जेष्ठ १७ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) सगँको सम्बन्ध अन्त्य गर्न गईरहेको घोषणा गरेका छन् ।
ट्रम्पले पत्रकार सम्मेलनमा बोल्दै कोरोना भाईरसको संक्रमण फैलनबाट रोक्न डब्लुएचआृे असफल रहेको भन्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
यस अघि नै ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको भन्दै सहयोग रोक्ने घोषणा गरेका थिए ।
फरी ३० दिन भित्र सुधार नभए स्थायी रुपले सहयोग रोक्ने ट्रम्पले चेतावनी दिएका थिए ।
विश्व स्वास्थ्य संगठनलाई दिईदै आएको अनुदान अब बिस्वव्यापी सार्वजनिक स्वास्थ्यका लागि खर्च गर्ने भन्दै ट्रम्पले चीनको नियन्त्रणमा डब्लुएचओ गएको पनि जिकिर गरेका छन् । डब्लुएचओका प्रमुद डा. टेड्रोस एदनाम गेब्रिसियसले यस आलोचनाको खण्डन गर्दै आएका छन् ।
ट्रम्पले अमेरीका फष्टको नीति भन्दै यस अघि सयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरीकालाई अलग गरेका थिए भने त्यस पछि सयुक्त राष्ट्रसंघीय सांस्कृति एजेन्सी युनेस्कोबाट अलग गरेका थिए ।
त्यस पछि पुनः जलवायु परिवर्तन सम्बन्धि पेरिस सम्झौताबाट पनि अमेरीकालाई अलग्याएका ट्रम्पले ईरानसगँ प्रमुख शक्ति राष्ट्रले गरेको परमाणु सन्धिबाट पनि आफूलाई अलग गरेर थप प्रतिवन्ध लगाएका थिए ।
ट्रम्पले एक पछि अर्को वैश्विक संस्थाहरुबाट आफूलाई अलग गर्दै केवल पैसाको मात्र राजनीति गर्न खोजेको भन्दै आलोचना हुदै आएको छ ।
यसले अमेरीकाको अन्तराष्ट्रिय शक्ति र नेतृत्वको रुपमा देखिने भूमिका कमजोर हुदै गएको अनुमान पनि विज्ञहरुले गर्न थालिसकेका छन् ।
यता हगंकगंलाई दिईएको बिशेश दर्जा पनि खारेज गर्ने ट्रम्पले घोषणा गरेका छन् । चीनले ल्याएको राष्ट्रिय सुरक्षा कानुन गभीर र खतरनाक रहेको भन्दै ट्रम्पले हंगकंगसगँको सम्बन्ध सामान्य स्तरमा मात्रै कायम राख्ने पनि घोषणा गरेका छन् ।

Facebook Comments Box