डब्लुएचओबाट बाहिरीने ट्रम्पको घोषणाले देश भित्र र बाहिर चौतर्फी रुपमा आलोचना

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । विश्व स्वास्थ्य संगठनबाट अलग्गिएको घोषणा गरेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प देश भित्र र बाहिर चौतर्फी रुपमा आलोचनाको शिकार भएका छन् । उनीमाथि देश भित्र समेत व्यापक मात्रामा प्रश्न उठाईएको छ ।
युरोपेली युनियनले यस अघि नै ट्रम्पलाई आफ्नो फैसलामाथि पुनविचार गर्न आग्रह गरेको छ ।
जर्मन, बेलायत लगायतका देशले समेत कोरोना विश्वव्यापी चुनौती भएको र यस्तो बेला अझ डब्लुएचओको भूमिका महत्वपूर्ण हुने भन्दै ट्रम्पको घोषणाको आलोचना गरेका छन् ।
देश भित्र समेत विज्ञहरुले विभिन्न प्रतिनिधिहरुले ट्रम्पको यस फैसलामाथि प्रश्न उठाएका छन् । राष्ट्रपतिको उम्मेद्धार रहीसकेकी सिनेटर एलीजावेथ वारेनले डब्लुएचओबाट पछि हट्ने अमेरीकाको निर्णयले वैस्विक नेतृत्व नेतृत्व प्रभावित हुने र अमेरीकी नागरिकका लागि स्वास्थ्य प्रणाली समेत प्रभावित हुने चिन्ता जनाईन् ।

यसै गरी अमेरीकी सिनेटका स्वास्थ्य समितिका सदस्य लैमर एलेक्जेन्डरले ट्रम्पको यस फैसलाबाट कोविड १९ को भ्याक्सिन बनाउने अभियानमा धक्का पुग्ने भन्दै यस फैसलामा ट्रम्पले पुनविचार गर्नु पर्ने सुझाव दिएका छन् ।
डब्लुएचओले कोरोना नियन्त्रण गर्न असक्षम रहेको र चीनको कठपुतली भएको भन्दै ट्रम्पले अमेरीका डब्लुएचओबाट बाहिरिएको घोषणा गरेका थिए । त्यस अघि ट्रम्पले डब्लुएचओलाई दिदै आयोगको सहयोग रोक्का गरेका थिए ।

सन् १९४८ मा स्थापना भएको विश्व स्वास्थ्य संगठनमा एक सय ९४ देश सदस्य छन् । डब्लुएचओले विश्व व्यापाी रोग नियन्त्रण र स्वस्थ्य विश्व बनाउने कार्यमा यसले भूमिका खेल्दै आएको छ ।
डब्लुएचओ सयुक्त राष्ट्रसंघ मातहतको एजेन्सी हो । यसलाई सदस्य राष्ट्रहरुले आर्थिक सहायता प्रदान गर्दछन् ।

Facebook Comments Box