नवलपरासीमा ४ वर्षीय बालिका बलात्कृत, घटनामा संलग्न युवक फरार

खवर पाटी (खोज खबरको अभियान)

नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।

सरावल गाउँपालिका वडान ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं ४ ललितपुरका २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छाेटेलाल यादवले बताएका छन् ।

बालिकाको आमाले आफुले नुहाइरहेकाे समयमा आइतबार करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेकाे बेला मिठाईको प्रलोभन देखाएर सहानीले बलात्कार गरेको बताएकी छिन्।

बालिका रुनसाथ साे स्थानसम्म आमा पुग्दा सहानी घरबाट फरार भइसकेका थिए ।

छाेरी राेइरहेकाे अवस्थामा फकाउदा फुलाउदा नमानेपछि लिंग तिर बालिका इसारा गरेर रुदा आफुले हेर्दा पेट डम्म फुलेको तथा रगत बगिरहेको देखेपछि मंगलापुर स्वास्थ्य चाैकी उपचारका लागि लगेका हुन ।

स्वास्थ्य चाैकीमा स्वास्थ्यकर्मीले बालिकाकाे अवस्था गम्भीर देखेपछि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएको छ ।

साे घट्नाबारे वडा अध्यक्ष छाेटेलाल यादवले थाहा पाउनसाथ गाेबरहिया प्रहरी चाैकी र जिल्ला प्रहरी कार्यलयलाई खबर गरेका थिए ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ गाेबरहिया र जिल्ला प्रहरी टाेलि मंगलापुर पुगेका थियोे ।

घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी बिरेन्द्र थापाले बताए । दाउन्ने न्युज

Facebook Comments Box