अस्तित्व हराएको मेरो पार्टी – टीका ढकाल

खवर पाटी (खोज खबरको अभियान)

खै कहाँ छौ आज तिमी !!

थाहा छ तिमीलाई

मैले कहिले दिन गनिन

तिमीले जहाँ बोलाएउ

म त्यहाँ त्यहाँ कहिले घाम

अनि पानी भनिन !

कहिले भोक प्यास

तिर्खासँग

अनवरत तिम्रो माया अनि

चाहटभित्र

शोसक को दमन अनि

कुरीती मानिन !

रगतको कण कणमा अनि

बाल मस्तिष्कमा

तिम्रो विकल्प आरु कोही

भनिन !

तिम्रा मार्ग दर्शनले भरिएको

पवित्र मनमा

तिम्रै निम्ति क्रान्तिका

गीतसँग

उकाली ओराली दिन र रात

भनिन !

तिम्रो र मेरो मन्जिल धेरै

टाढा थियो

तिमीलाई पाउने भन्ने पुर्ण

आभिलासा थियो

तिमीले दिएका दिवा

सपनाहरु

उम्लियको जोस र जागरसँग

चुनौतीको पर्खाल भनिन !

केबल तिमीलाई मात्र

साचेकी थिएँ

धोका मन मस्तिष्क अनि

रगतमा थिएन

प्रित भारिएको चोखो माया

गाउँ गाउँ बस्ती बस्ती तिम्रै

थियोे छायाँ

तिमी अघि अघि पछि छु म

भनिन !

तिमीलाई शिखर चढाउने

आभिलाशामा

थाकियो गर्धनको काध

भनिन

तिमी अहिले शिखरमा त छौ

विगतलाई सम्झिदै

खोजीरहेकी छु आज

खै कहाँ छ तिम्रो दर्शन अनि

अस्तित्व भेटिन !!

 

  •     टीका ढकाल,  ललितपुर
Facebook Comments Box