कतार । बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले पनि आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै आएको छ । कतारले उच्च स्वास्थ्य सतर्कता तथा कोरोना रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको कतारमा रहेका नेपाली ६२०० कामदारहरु लाइ कोरोना पोजेटिभ देखिएको र त्यस मध्य ५१०० नेपाली हरु ले कोरोनालाइ जितेर आफ्नो बास्थान फर्किएका छन ।
कतारले उच्च सावधानी अप्नाएर आफ्ना कदमहरुको लाइ लकडाउन र सामाजिक दुरि पालना गर्न कडा निर्देशन दिएको छ । हाल कतार सरकार ले नेपाली प्रबासिहरुलाइ खाध्यन्न देखि स्वाथ्य क्षेत्रमा ठुलो राहत प्याकेज बाढिरहेको छ । यहि क्रममा यहाँ कतारमा रहेका नेपाली कमदारहरुलाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति क़तार सरकारको गृह मन्त्रालय द्वारा क़तार चारेटि मार्फ़त प्राप्त गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार सङ्ग समन्वय गरि राहत बाढिरहेको छ ।
कतारले गैर आवसिय नेपाली सघद्वारा गठित उद्दार तथा राहत बितरण समितीले १२ औ चरण को राह्त बाढेको छ । मिति ३० मे २०२० का दिन ११२ जना, तेर्हौ चरणमा मिति ३१ मे २०२० का दिन ३५० जना तथा चौधौ चरणमा मिति ०१ मे २०२० का दिन कतारको विभिन्न ठाउँमा रहेका २१८ जाना नेपाली लाइ राहत बाढेको गैर आवसिय सघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ले खबर पाटी लाइ जानकारी गराएका छन । यस राहत बितरणमा त्यहा नेपाली दुताबास परिवार, मध्यपुर्ब युवा संयोजक प्रबिन गुरुङ, राज रेग्मी आईसीसी सदस्य रमेश भट्ट , सल्लाहकार चानक पोख्रेल, सल्लाहकार भेष राज पोख्रेल, उद्दार तथा राहत वितरण समिति संयोजक प्रथम उपाध्यक्ष उत्तम गुरुङ, दित्तिय उपाध्यक्ष कुमार खड्का, महासचिव पदम गिरी लगायत सदस्यहरु राहत बितरण समिति मार्फत खटिएको जनाइएको छ भने कतारमा नेपाली समुदायलाइ कतार सरकारले ठुलो मात्रामा राहत दिइरहेको छ ।