आज बाँके र बर्दियामा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पाइएको भेरी अस्पतालले जनाएको छ ।
बाँकेका तीनवटा पालिकाका १२ जना र बर्दियाका ५ वटा पालिकाका २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै कपिलबस्तुमा विभिन्न ठाउँका ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न ठाउँका ४८ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।
रुपन्देहीमा पनि थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भैरहवास्थित प्रयोगशालाले जनाएको छ ।
त्यस्तै गुल्मी र अर्घाखाँचीमा एक एकजनामा कोरोना संक्रमण भएको पाइएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्याङ्जामा १०, बागलुङमा १, कास्कीमा ३ र नवलपरासी पश्चिममा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको छ ।
त्यस्तै जाजरकोटमा एक प्रहरीसहित ४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । सबैजना बारेकोट गाउँपालिकाका रहेका छन् । ती मध्ये १ जना प्रहरी हुन् । त्यस्तै डोल्पाका एक ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।