मुस्लिम सङ्गठन तनहुद्वारा इदमिलन

खवर पाटी (खोज खबरको अभियान)
संगठन एकताको लामो समय पछी मुस्लिम संगठन नेपाल तनहुँले केन्द्रीय सचिवालय सदस्य नुर मोहम्मद मियाँको बिशेष उपस्थिति र जिल्ला संयोजक सिद्दीक मियाँको अध्यक्षतामा इद मिलन तथा प्रक्षिशण कार्यक्रममा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि ने।क।पा पार्टी केन्द्रीय सदस्य प्रताप लाल श्रेष्ठ यस्तै अतिथीहरू ने।क।पा गण्डकी प्रदेश सदस्य शंकर नारायण श्रेष्ठ र अतेन्द्र केसरी न्याउपाने, ने।क।पा तनहुँ जिल्ला सचिव राजेन्द्र केसरी न्यौपाने र व्यासनगर कमिटीका अध्यक्ष श्री राम कार्की र सचिव रामचन्द्र साफकोटा र तनहुँ क्षेत्र नंबर १ को माननीय किसान श्रेष्ठका स्वकीय सचिव जगत खड्काले इदको शुभकामना र प्रक्षिशण दिनु भयो ।कार्यक्रममा मुस्लिम संगठन नेपालमा आबद्द संगठित सदस्यहरूको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रमा मुस्लिमहरूको हक र अधिकारको लागी पार्टीले अझ धेरै सहभागिता र भुमिका दिन आवश्यक रहेको भनाइ मुस्लिम संगठन नेपालको केन्द्रीय सचिवालय सदस्य क।नुर मोहम्मद मियाँले राख्नु भयो। कार्यक्रममा अब संगठन बिस्तारको गति बढाइने मुस्लिम संगठन नेपालको तनहुँ जिल्ला संयोजक सिद्दीक मियाले बताउनु भएको थियो।
कार्यक्रम संचालन गर्दै संगठन पुर्ब सचिव मन्सुर अहमद मियाँले मुस्लिमहरू पार्टी र संगठनप्रति सधै इमान्दार रहेको भनाइ राख्नु भएको थियो यस्तै आफ्नो भनाइ राख्ने क्रममा मुस्लिम संगठन नेपालको केन्द्रीय सदस्य मुन्नी मियाँले मुस्लिम महिलाहरूलाइ बिशेष प्राथमिकता दिनुपर्ने माग राख्नु भएको थियो। कार्यक्रममा उपस्थित सबै नेता र मुस्लिम संगठनको सदस्यहरूले यस्तो कार्यक्रमहरू भविष्यमा धेरैको संख्यामा आयोजना गर्नुपर्ने धारणा राख्दै मुस्लिम संगठन नेपालको केन्द्रीय सचिवालय सदस्य नुर मोहम्मद मियाँलाइ विशेष धन्यवाद दिनु भएको थियो।

 

Facebook Comments Box