लद्धाख सीमानामा चीनीया सेनाले हेलिकप्टर उडाए पछि भारतीय मिडियामा अडकलबाजीको दौड

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी, जेष्ठ २६ । सीमा विवाद समाधानका लागि कुटनीतिक र सैन्य स्तरमा बार्ता जारी रहेका बेला लद्धाखमा चीनीया जनमुक्ति सेनाले सीमानामा हेलिकप्टर उडाए पछि भारतीय मिडियामा हंगामा भएको छ । भारतको अधिकाश मिडियाले सैन्य अधिकारी स्तरमा बार्ता भएको दुई दिन पछि पुर्वी लद्धाखमा लडाकु हेलिकप्टर उडाएको भन्दै समाचार प्रकाशन गरेका छन् ।
यस अघि जनमुक्ति सेनाले गरेको सैन्य अभ्यास र हवाई गस्तीको पनि खबर आएको थियो ।
समाचार संस्था एएनआईले सुत्रको हवाला दिदै सिमानामा चीनीया सेनाको हेलिकप्टर मार्फत गतिविधि निरन्तर देखिरहेको बताएको छ ।
उसले लद्धाखको सीमानामा केन्द्रीत सेनाको शिबिरलाई मद्धत र सामाग्री व्इवस्थापनका लागि ती हेलिकप्टर उडेको हुन सक्ने पनि अनुमान गरेको छ ।
सीमामा भारतीय पक्षबाट निर्माण भईरहेको क्षेत्रमाथि समेत हेलिकप्टर उडेको दाबी गरिएको छ ।
चीनीया हेलिकप्टर उडे पछि भारतले पनि फाईटर जेट पठाएको आजतकले जनाएको छ ।
हिजो मात्रै हजारौ जनमुक्ति सेनाले हिमाली ईलाकामा हाई अल्टिच्युट युद्धअभ्यास गरेको ग्लोबल टाईम्सले जानकारी सार्वजनिक गरेको थियो ।
कुटनीतिक स्तरमा दुबै देशले शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्ने बताईरहे पनि मैदानमा दुबै देशका सेना आमनेसामने भएपछि तनाब तीव्र बनेको छ ।
सन् १९६२ को युद्ध पछि सन् २०१७ मा डोकलाममा लामो झडप भएको थियो । त्यस यता दुबै देश आमनेसामने भएका छन् । सन् १९६२ को युद्धमा भारत पराजीत भएको थियो ।
विश्वको तेस्रो सैन्य शत्तिः चीन हो भने चौथो शक्ति भारत हो । चीनसगँ २१ लाख ५० हजार सेना रहेको छ भने भारतसगँ १४ लाख बढी सेना रहेको छ ।

Facebook Comments Box