रुकुम चौरजहारी घटना : सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष छानबिन समिति गठन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनाको अनुसन्धान गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष छानबिन समिति गठन भएको छ ।

सोमबार गठन भएको नौ सदस्यीय छानबिन समितिमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य रहेका छन् ।

चौरजहजारीको सोतीगाउँकी मल्ल थरकी किशोरीलाई विवाह गर्न भनी जाजरकोटबाट आएका नवराज विक र उनीसँगै आएका १८ जनाको समूहलाई गाउँलेले आक्रमण गर्दै लखेटेका थिए । उक्त घटनामा नवराज विकसहित ६ जनाको हत्या भएको छ ।

Facebook Comments Box