कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा प्रयोग गरिने स्वास्थ्य सामग्रीको गुणस्तरसम्बन्धी मापदण्ड स्वीकृत

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, जेठ २६ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा प्रयोग गरिने स्वास्थ्य सामग्रीको गुणस्तरसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । मन्त्री लेखराज भट्टको अध्यक्षतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार बसेको नेपाल गुणस्तर परिषद्को १०४ औं बैठकले सो मापदण्ड स्वीकृत गरेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, स्वास्थ्य सामग्रीको मापदण्ड नेपालमा पहिलोपटक यसरी तोकिएको हो ।

Facebook Comments Box