नेपाल र ईयूको सम्बन्ध तथा आपसी सहयोगका विषयमा गहन छलफल : परराष्ट्र मन्त्रालय

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, जेठ २९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपियन युनियन (ईयू)का वैदेशिक तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि तथा युरोपियन आयोगका उपाध्यक्ष जोसेफ बोरेलसँग टेलिफोन वार्ता गर्नुभएको छ । त्यस क्रममा नेपाल र ईयूको सम्बन्ध तथा आपसी सहयोग लगायतका विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस क्रममा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका तथा यसबाट उत्पन्न मानवीय पीडाप्रति भावनात्मक अभिव्यक्तिको आदानप्रदान गर्नुभएको थियो ।
साथै महामारी विरुद्धको साझा लडाइँमा ऐक्यबद्धतासमेत प्रकट गर्नुभएको थियो । मङ्गलबार राति भएको वार्तामा मन्त्री ज्ञवालीले विश्वका विभिन्न देशमा ईयूले भाइरस रोकथामको तयारी र नियन्त्रणमा महìवपूर्ण भूमिका निर्वाह गरेको भन्दै सराहना गर्नुभएको थियो । उहाँले बोरेललाई ईयूले नेपालको विकास प्रयासमा गरेको दीर्घकालीन साझेदारीका लागि धन्यवाद दिनुभयो । बोरेलले ईयूको सहयोगलाई यसको ढाँचा अन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर समर्थन रहने आश्वासन दिनुभयो ।

Facebook Comments Box