गुरुकुल स्कुलद्धारा ज्याकेट हस्तान्तरण

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, संवाददाता,  सानोभर्याङ्ग स्थित स्वस्तिश्री गुरुकुल स्कुलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल) एनेस्थेसिया विभागलाई ८० थान ज्याकेट निःशुल्क हस्तान्तरण गरेको छ ।

नोबेल कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने चिकित्सकहरुलाई लकडाउनका बेला आवतजावत र पहिचानमा सहज होस् भन्नका लागि ज्याकेट उपलब्ध गराइएको हो । स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा।लुःज मानन्धरले एनेस्थेसिया विभागिय प्रमुख प्रा.डा. शान्ता सापकोटालाई ज्याकेट हस्तान्तरण गर्नुभएको थियो ।

मानिस समाजको एक हिस्सा भएको हुनाले यस्ता सामाजिक काम गर्नाले समाजलाई केहि टेवा पुग्ने समाजसेवी डा।लुःज मानन्धरले बताउनु भयो । उंहाले यस अघि पनि धेरै सामाजिक कामहरु गर्दै आउनु भएको छ । ज्याकेट बुझ्दै विभागिय प्रमुख प्रा.डा. शान्ता सापकोटाले अहिलेको विषम परिस्थितीमा ज्याकेटले चिकित्सकहरुलाई अस्पताल आउजाउ र सबैले पहिचानमा सहज हुने बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ एनेस्थेसियोलोजिष्ट डाक्टर प्रदिप कोइराला, एनेस्थेसियोलोजिष्ट डाक्टर अनुज जंग कार्की, फिजीसियन डा. प्रतिक पौडेल, अस्पताल व्यवस्थापक उमेश खत्री लगायत एनेस्थेसिया विभागका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box