विश्वभर फैलिरहेको महामारी कोरोना९कोभिड१९०ले विश्वका सबै मानवहरुलाई त्रर्सित बनाई रहेको छ। यस विषयमा त्रर्सित मात्र नभएर विभिन्न देशको जनताले ज्यान गुमाई सकेका छन, भन्ने कुरा सबैलाई अबगत नै छ। कोरोना भाईरस (कोभिड१९) को कारण नेपाल लगायत विभिन्न देशमा बैदेशिक रोजगारमा पलायन भएका सम्पूर्ण नेपालीहरुले ज्यान गुमाउनु साथै सङ्क्रमण अछुतो रहेन ।
आज प्रबासमा भासिएका हामी युवाहरु पिडामा हुनु भनेको रोजगार सम्बन्धि जनचेतनामूलक शिक्षा र बुर्जुवा शिक्षाको कारण भन्ने प्रमाणित भैसकेको छ। गरे के हुन्न र, सुन फलाउन सक्छ भन्ने वाक्य हामिले भुलेर, सधै बिदेश खाडी मरुभुमि ठिक भन्ने सोच बनाएर खाडी धाईरहनु यो कुरा यथार्थ हो। हामी हाम्रो शुन्दर र शान्ता देश भुलेर क्षणिक रुप मै अनि अरुको देशमा सुनको गजुर सङ्गै सुनको महल ठडाई सकेको छ, हामिले स्वच्छ कमाई स्वच्छ पसिना थोरै दाममा बेचिसके छ। हाम्रो श्रम योगदान अनि ईमान्दारी हामी नेपालीहरुको श्रम कै कारण पराई देशको आर्थिक बिकासमा ठूलो टेवा पुगिसकेको छ। हुनत हामी नेपाली कामदार युवाहरु माथि चाहिँ साच्चिकै ईमान्दार बहादुर सहनसिलता भनेर पराई देशलाई अमिट छाप छोड्न सफल भएका छोै।
हामी सधै भन्ने गथ्र्यौ, नेपालमा रोजगार छैन बेरोजगार भत्ता छैन यहि वाक्य मासिकता भित्र लिएर प्रबास छिर्यो, आज कता कता आत्माग्लानि हुन्छ। साच्चै ,हाम्रो देश भोैगोलीक बिविधताले भरिएको देश शुन्दर र शान्ता हरियाली प्राकृतिक बरदान रहेछ भन्ने ज्ञान खाडी भासिए पछि पुन याद आयो ताकि यस्ता हाम्रो देश जस्तो खाडीमा थिएन ,थिए त, मात्र मानव निर्मित बस्तु लागायत हावाहरु, आज प्रबासमा रोजगारको लागि पसिना बेचेको धेरै बर्षो बर्ष बिताई सकेको रहेछौ हामी युवाले । हामी युवाहरुले हामीहरु पनि कोरोना भाईरसबाट अछुतो रहेनोै, हामिहरु त्रर्सित भएर बन्देज भएर यहाको नियम पालन गर्दै ,परिवार पाल्ने बाल बच्चा पढाउने सपना कतै टुट्ला भन्ने विभिन्न प्रस्नको तर्कना खेल्छ, मन भित्र हामीहरुको यसरी बन्देज भएर बस्दा हाम्रो परिवारको गाँस टुटेको छ।
हामी मजदुरहरुको थोरै कमाई भएपनि जहान परिवार धान्ने घर खर्च टारेको छोै । तिनै थोरै कमाई नहोला कि भन्ने मनमा डर त छदैछ, तर यतै मरिएला कि भन्ने मानमा सङ्का त छ, तर अफ्ठेरोमा परेका बैदेशिक नेपालीहरुको हकहितका लागि छिट्टै नेपाल झिकाउने र ती युवाहरुलाई कसरी ब्यवस्थापन गर्न भन्ने कुरा मा नेपाल सरकारले चालेका कदम सहि छ। तर हामिलाई हिजो होईन आजको ब्यबहारिक शिक्षा चाहिएको छ, ताकि चाईनाको ब्यबहारिक शिक्षा जुन त्यो हो, सैद्धान्तिक शिक्षा घोकेर सुगाको रटाई पृथ्वीनारायण शाहाको जन्म र मृत्यु कहिले भएको थियो भन्ने शिक्षा चाहेको छैन, स्वत बहिस्कारको माग गर्छोै। अब फर्केने हामी युवाहरुले कृषि क्रान्ति गर्न जरुरी छ,हामीलाई कृषि क्रान्तिको शिक्षाको आबस्यक छ, भोलीको भाबी पिडिले हामिले झै बैदेशिक रोजगारको लागि पलायन हुन नपरोस्, सरकारले अबको युवाहरुको हकहितका लागि युवा परिषद्,र युवा आयोगले चासो राखोस् जति स्वदेश फर्कने कुराले खुशि छोै, उति नै दुःखी पनि छोै।
जहाँ जहान परिवार सङ्गेै हुदा खुशि त छोै, समाजमा स्थापित हुन पनि गाह्रो बिषय छ। जिबिकोपार्जन गर्न गाह्रो छ। विभिन्न देशमा आपत बिपतमा परेका नेपाली युवाहरुले यो समयमा नेपाल फिर्ता हुने हो भने होटलको जुटो भाडा माज्ने काम पनि भेट्टाउन गार्हो छ। त्यसैले हामी युवाहरु टेक्नोलोजी शिक्षाबाट कृषि क्षेत्रमा योगदान सहित सबैलाई रोजगार चाहान्छोै।
अब सरकारले यो सोचोस् कि हामी रेमिटान्सका हिरोहरु अब कृषि क्षेत्रका हिरो हो। हिजोको आयतलाई रोकेर अन्तर्राष्ट्रिय बजारिकरणमा हाम्रो उत्पादन निर्यात होस्। हामी युवाहरु यहि चाहान्छोै। नेपालको मुख्य बाली धान गहु मकै कोदो हो, नेपालमा ८३५प्रतिशत कृषि आधारित देश हो, तर अहिले हाम्रो देशको खेति योग्य जमिन खेतबारी पाखा पखेरी सबै बाजो छ, महिनामा अर्बौं मकै पराई देशबाट आयत हुन्छ।
के हामिहरु अरुको देशमा श्रम बेच्दा आफ्नो देश बाजो रहेको छ, खेतबारीहरु घाट सम्म जाने मलामी छैन, अब हामी युवाले सिक्नु पर्ने कुरा आत्मा निर्भर बनिनु पर्छ भन्ने शिक्षाको जरुरी छ, किन भने अब भारतबादको नाकाबन्दीले हामिलाई आफ्नै खुट्टामा उभिन सिकाउछ, सधै पराईको भरमा पर्दा हामी हेपिन्छोै। भन्ने कुरामा चेतना होस् हामी युवाहरुमा बैदेशिक रोजगार बाट स्वदेश फर्केका युवाहरुलाई सस्तो ब्याजदरमा ऋण दिएको पनि थियो, साथै कृषि क्षेत्रका कृषकलाई पनि अनुदान दिएको हो। तर अझै बास्ताबिक कृषक को हुन् कस्ले कतिको लगानी आम्दानि उत्पादन भएको छ, भनेर मुल्याकंन गरेर मात्र अनुदान दिईयोस् समाजमा यो परिबेशमा अनुदानको आशाले खेति गरेको जस्तो देखाउने नक्कली कृषकले कतिसम्म लुटेको छ, भन्ने पनि सरकारको ध्यान जावस्।