नेत्री सरिता गिरीको राष्ट विरोधी अभिव्यक्तिका लागि बहिर्गमित जनमुक्ती सेनाले कारवाही गर्न सक्ने

खवर पाटी (खोज खबरको अभियान)

जनता समाजबादी पाटीका नेत्री सरिता गिरीले राष्टहित बिपरित दिएको अभिव्यक्ति प्रती बहिर्गमित जनमुक्ती सेना नेपाल को गम्भीर ध्यानाकर्षण भएको छ। देशद्रोही सरिता गिरी लाई तत्काल कार्बाही गर्न नेपाल सरकारलाई अनुरोध गर्दछौ। भन्दै एक बिज्ञप्ती जारी गरेको छ । यदि नेपाल सरकारले नगरे हाम्रो संगठनले कार्बाही गर्न बाध्य हुनेछ, विज्ञेप्तीमा भनिएको छ ।

बिज्ञप्तीमा अगाडी भनिएको छ । तपाईं नेपाल को सांसद हो कि भरत को हो ? यदि तपाई नेपाली जनताले थोपा, थोपा रगत र पसिना बगाएर तिरेको करबाट तलब भत्ता खाएर राष्ट्र बिरोधी अभिव्यक्ति दिदै लिपुलेक नेपालको होईन भनी नेपाल हो भनी म स्वीकार गर्न सक्दिन भन्ने जस्तो राष्टघाती अभिव्यक्तिले तीन करोड आम नेपाली जनताको तातो रगत उम्लिएको छ। नेपालको दानापानी खाएर भारतको नीति अनुरुप नेपालको हित बिपरित काम गर्ने तपाईं जस्ता भारतीय दलालका एजेन्ड नेपालमा बस्ने कुनै अधिकार छैन । यदि तपाईंलाई आफ्नै माईती भारत प्यारो लाग्न सक्छ भने नेपालको अंगकृत नागरिकता त्यागेर भारत नै जादा हुन्छ नेपालमा बसेर राजनीति गर्दै हाम्रो नेपाली आमाको मुटुमा छुरा रोप्दै तपाईं जस्ता कलंक भारतीय चेली हाम्रो मातृ भुमिमा बस्ने कुनै पनि अधिकार छैन। विज्ञेप्तीमा उल्लेख छ ।
भारतद्वारा लुटिएको हाम्रो देशको भुमी फिर्ता लिनुको लागि लिपुलेक, लिम्पियाधुरा,र कालापानी समेत नक्सामा समेटी सार्बजनिक गर्दा तीन करोड नेपाली जनताले खुसियाली मनाई रहदाँ, तीन करोड नेपाली जनताको खुसीयाली विरुद्ध गरिमामय प्रतिनिधि सभाको सदन मार्फत र विभिन्न संचार माध्यममा नेपालको राष्टिय स्वधिनताको विरुद्ध वकालत गर्ने अधिकार कस्ले दियोरु हामी वीर गोर्खाली हौँ  आफ्नो राष्टको स्वभिमानको विरुद्ध कहिलै पनि गलत सम्झौता गर्दै आत्मसमर्पण गरेर शिर झुकाउन जान्दैनौ, खबरदार भारतिय एजेन्डहरु होसियार उनका जनता समाजबादी पाटीलाई पनि हाम्रो संगठन बहिर्गमित जनमुक्ती सेना नेपाल उनले दिएको राष्ट बिरोधी अभिव्यक्तिप्रती गम्भीर ध्यानाकर्षण गराउदछ। साथै नेपाल सरकारलाई बिनम्र अनुरोध गर्दछु उनी माथि छानबिन गरी सांसद पद र अंगकृत नागरिकता खारेज गरी कालो मसो दलेर जुत्ताको माला लगाई बोर्डर कटाईयोस। यदि राज्यले कार्बाही नगरे हामी नेपाली जनता मिलेर कारर्वाही गर्छौ, यदि त्यसो भयो भने यो घटनाको जिम्मेवारी नेपाल सरकारले लिनु पर्नेछ।

बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा ‘सुवास’ प्रबक्ता तथा उपाध्यक्ष

Facebook Comments Box