रुकुम, सोती घटनाको विशेष छानबिन समितिका संयोजक देवेन्द्र पौडेलको टोली आज रुकुम जादैं

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं, रुकुम चौरजहारी, सोती घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन विशेष छानबिन समितिका संयोजक देवेन्द्र पौडेलको टोली आज रुकुम जादै‘छ ।

सोती घटना छानबिनका लागि ५ दिन छानबिन समिति गठन भएको थियो। समितिले आजबाट घटनास्थलमा गएर आफ्नो काम गर्ने भएको छ ।

समितिका संयोजक देवेन्द्र पौडेलले निष्पक्षरुपमा घटनाको सत्य, तथ्य छानबिन, अध्ययन गरेर सत्य कुरा जे हो त्यो बाहिर ल्याउने बताएका छन । रुकुम घटनाको अनुसन्धानका लागि सांसद पौडेलको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन भएको थियो। छनविन समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य छन्। उनीहरुले ३० दिनभित्र आफ्नो काम सक्नु पर्नेछ, सोही अनुसार आज छानबिन टोली त्यसतर्फ जान लागेको हो । सेतीमा अन्तरजातीय प्रेमको विषयमा नवराज विक सहित ६ जनाको जेठ १० गते सामूहिक हत्या भएको थियो।

Facebook Comments Box