नेकपा सचिवालयको बैठक अपरान्ह ४ बजे बस्ने, एमसीसी कार्यदल सदस्यहरु पनि सहभागी हुदैँ

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आज सचिवालय बैठक बोलाएको छ । अपरान्ह ४ बजे बस्ने बैठकमा एमसीसी कार्यदल सदस्यहरुलाई पनि बोलाइएको छ ।
सचिवालय बैठकमा आफूलाई पनि बोलाएको कार्यदल सदस्य भीम रावलले जानकारी दिनुभयो ।
यसअघि जेठ २७ बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण देखाउँदै स्थगित गरिएको थियो ।
अध्ययन कार्यदलको सिफारिसविपरीत अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि पार्टीभित्र व्यापक विवाद भएपछि सचिवालय बैठक बोलाइएको थियो ।
एमसीसीलाई लिएर विवाद बढेपछि जेठ १७ गते पनि सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गरेपछि एमसीसीबारे ठोस निर्णय गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री ओली भने संसद्को यही अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

Facebook Comments Box