कविता: देशको पिडा पनि कतै कडा, त कतै नरम सरिको छ। – अच्युत राज दाहाल

खवर पाटी (खोज खबरको अभियान)

देशको पिडा पनि कतै कडा

त कतै नरम सरिको छ।

मान्छेको सहने संस्कार न हो

अनेक थरिको छ।

राम्रा कुरा आक्कल झुक्कल

सधै भरी तिता कुरा मात्र।

यो देशमा खराबी गर्ने र

गराउने कि प्रतिस्पर्धा पनि

अनेक थरिको छ।

मेचिकाली दुखिरहेछ

बल्जिन्छ घाउ जतिबेला।

आमाको शिर झुकिरहेछ

मुर्छित हुन्छिन जतिबेला।

हिंसा हत्या बिरुद्द जस

जसले कानुन बनाए।

उनीहरुनै किन आज लुकि

रहेछन यतिबेला ।

बैरिले भत्काउदा पनि

नभत्किएको सिङ्गो लाल

किल्ला हुं म।

नठान है पाँउको धुलो मलाई

मेरो देशको रक्तिम माटो

हुं म।

उठेर हेर अझै बाकी छन

धमिराका अबशेष

सिमानाहरुमा।

अपहरणमा परेको देशको

भुगोल समेट्ने क्रान्तिकारी

हुं म।

उषा जस्तो मोहकता

चम्किने छ देशको शिरमा

अब।

निशा जस्तो मादकता

छल्किने छ देशको पाँउमा

अब।

उदेश्य चन्द्र छुने पुर्णिमाको

बगैंचा झैँ हर रितुमा

झाङ्गिएर।

संसारभरी नेपाली फुलको

वासना मगमगाउनेछ अब।

  • अच्युत राज दाहाल
Facebook Comments Box