बामदेवलाई पुनः उपप्रधान सहितको अर्थमन्त्री बनाउने पासा, सम्भवत एमसिसी पारित गराउने रणनीति

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं । एमसीसी लगायतका एजेण्डामा आफू कमजोर अवस्थामा रहेपछि र प्रचण्ड माधव नेपालसगैँ मोर्चाबन्दीमा लागेका नेता वामदेव गौतमलाई अर्थमन्त्री खतिवडालाई हटाएर गौतमलाई अर्थमन्त्री बनाउने प्रस्ताव फेर ब्युतिएको छ । गौतमसमक्ष हालै एउटा प्रस्ताव पुगेको छ ‘तपाईंलाई पार्टी वा सरकारमा जे जस्तो जिम्मेवारी दिने हो, हामीले दिने हो । माधव, झलनाथ वा प्रचण्डले होइन, यसलाई त्यसरी नै बुझ्नुहोला कमरेड १’

प्रधानमन्त्रीले राखेको प्रस्ताववारे बेलिबिस्तार लगाउँदै स्रोत भन्छ ‘तपाईंलाई प्रधानमन्त्री बनाउन यतिखेर संविधान नै बाधक भयो । हिजो जे भयो, भयो । अब तपाईं उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको लागि तयार हुनुहोस् ।’ प्रस्ताव सुनेपछि कसैले सोधेको थियो ‘उहाँलाई उपप्रधानमन्त्री बनाएपछि ईश्वर कमरेडलाई के गर्नुहुन्छ नि रु’ ‘ईश्वरलाई पार्टीभित्र व्यवस्थापन गरिन्छ । किन चिन्ता लिनुहुन्छ १’ आएको जवाफ यही हो ।

गौतमलाई थप भनिएको छ ‘तपाईं एउटा विकासवादी सोच भएको नेता हुनुहुन्छ । हिजोका दिनमा तपाईंले सहयोग नगर्नुभएको भए न ओली कमरेड अध्यक्ष बन्नुहुन्थ्यो, न प्रधानमन्त्री नै । त्यसैले तपाईंको गुन तिरिन्छ ।’ भोलिको सचिवालय बैठकमा यहि पासा फालेर सम्भवतः वामदेव गौतमलाई फेरि मूर्ख बनाई आवश्यक बहुमतका साथ एमसिसी पारित गराउने रणनीति रहेको बुझिएको छ ।

पछिल्लो केही समयदेखि सचिवालयमा वामदेव गौतमको निर्णायक भूमिकाका कारण धेरैवटा विषयमा प्रधानमन्त्री अल्पमतमा पर्दै र फेरि फकाएर उम्कदै आउनुभएको छ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति उक्त संसदको कार्यकालभर मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ । तर,बालुवाटार स्रोतले आफ्नै ढंगले गरेको व्याख्यामा गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनाउन कुनै संवैधानिक अवरोध छैन । जनआस्थाअनलाईनले समाचार लेखेको छ ।

यस अघि गत फागुणमा प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण अघि राष्ट्रिय सभामा गौतमलाई लैजाने सचिवालयको निर्णय प्रधानमन्त्रीले नै कार्यन्वयन गरेका थिएनन् ।
त्यतिबेला युवराज खतिवडाले राष्ट्रिय सभाको कार्यकाल सकिए पछि मन्त्रीबाट राजीनामा दिए पछि पुनः उनैलाई अर्थ र सञ्चार मन्त्रीमा नियुक्त गरिएको थियो । तर गौतमलाई अहिले सम्म राष्ट्रिय सभामा लगिएको छैन ।
यस अघि सचिवालयमा लामो रस्सा कस्सी पछि अध्याधेश काण्ड लगत्तै गौतमलाई उपयुक्त समयमा उपनिर्वाचन गरेर प्रतिनिधि सभामा लैजाने निर्णय भएको थियो भने प्रधानमन्त्री बनाउने प्रस्ताव पनि ओलीले राखेका थिए । –जनआस्था अनलाईन

Facebook Comments Box