बिनयजंग बस्नेतले ललितपुर क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर । वेवारिसे व्यवस्थापनका अभिभावक एवं समाजसेवी विनयजंग बस्नेतले प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । खबरपाटी डटकमसँग कुरागर्दै बस्नेतले अगाभि मंसीर ४ गते हुन गइरहेको निर्वाचनमा आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिने बताएका हुन् ।

‘उही राजनीतिक दल, एउटै विचार, उस्तै अनुहार र कार्यशैलीले जनता हैरान भइसकेकोले स्वतन्त्र रुपमा उम्मेदवारी दिने मनसाय बनाएको हुँ ।’ उनले भने । देश परिवर्तन विकास र निकासका लागि नयाँ रोजौं, नयाँ खोजौ’ भन्दै नेपाली राजनीतिले नयाँ परिवर्तन खोजेको उनले बताए । बहुदल आएदेखि सधैं उही दल, उही पार्टी र एउटै प्रतिनिधि मात्र आइरहेकोले परिवर्तनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर नयाँ शुरुवात र नयाँ विकल्पको सन्देश दिन खोजेको उनको भनाई छ ।

विगत केही वर्षदेखि वेवारिसे शवको आफ्नै खर्चमा दाहसंस्कार गर्दै आएका बस्नेतले असहाय, अलपत्र र गरिव दुखीका लागि पनि थुप्रै सहयोगी र उद्दारका कार्यहरु गर्दै आइरहेका छन् । हाल एक्सन फर सोशियल चेन्ज नामक संस्था नै गठन गरेर संस्थागत रुपमै सेवा र उद्दारका कार्यहरु अघि बढाइरहेका छन । संस्थाको ५२ वटा जिल्लामा शाखासमेत गठन भइसकेको छ । सेवा, सहयोग, र क्रियाशीलताका उदाहरणीय व्यक्तिका रुपमा बस्नेतले समाजसेवाको एउटा नमुना र बेग्लै उदाहरण प्रस्तुत गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *