सीमा विवादका सम्बन्धमा भारत आफ्नो पुरानै अडानमा कायम

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं । भारतले नेपाल सरकारले लिम्पियाधुरासम्मको भूभागलाई समावेश गरेको नयाँ नक्सा निसान छापमा समेट्न शनिबार गरेको संविधान संशोधन भए लगत्तै विज्ञप्ति जारी गरी नेपालको नक्सा बिस्तार क्रित्रीम भएको भएको भन्दै नमान्ने पुरानो कुरा दोहोर्याएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति जारी गरी नेपालले ऐतिहासिक तथ्य र प्रमाण विना नक्सा विस्तार गरेको भन्दै अमान्य भएको बताए । उनले वार्ताबाट सहमति खोज्ने कुराको पनि उलंघन भएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाबाट सर्वसम्मतिले संविधान संशोधन भएको केही बेरमै भारतीय विदेश मन्त्रालयका तर्फबाट त्यस्तो प्रतिक्रिया आएको हो । ‘नेपालको ससंदले भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं र यसले दुवै देशबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै सीमा विवादका सम्बन्धमा आफ्नो पुरानै अडानलाई कायम रहेको समेत भारतले दोहोऱ्याएको छ ।
नेपाली भूमिमाथि कब्जा जमाएर बसेको भारतले गत वर्ष नोभमेम्बरमा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा जारी गरे पछि विरोध गर्दै आएको नेपालले पटक पटक वार्ताको लागि दबाब दिए पनि भारतले कोरोना पछि भन्दै टार्दै आएके थियो । यसै सन्दर्भमा भारतले मे ८ मा नेपाली भूमि हुदै चीन जोड्ने सडक नै बनाए पछि नेपालले पनि नयाँ नक्सा जारी गरेर भारतमाथि दबाब बनाएको छ ।

Facebook Comments Box