२०२० को अन्त्य सम्ममा युरोपमा कोरोनाको भ्याक्सिन उपलव्ध हुन सक्ने

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना बिरुद्धको भ्याकिक्सनको खोजी र अनुसन्धान संसारभर चलिरहेका छन् । यस अभियानम युरोपमा पनि आशाको संञ्चार पैदा भएको छ । युरोपमा यो गर्मी मौसम सकिए लगत्तै या यो बर्षको अन्त्य सम्ममा ४० करोड भ्याक्सिन उपलव्ध हुन सक्ने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् ।
हालै युरोपको भ्याक्सिन बनाउने कम्पनी अस्त्राजेनेकासगँ जर्मन, फ्रान्स, ईटाली र नेदरल्याण्डले एक सम्झौता गरेका छन् । जस अनुसार कम्पनीले उत्पादन गरेका ४० करोड भ्याक्सिन ती देशहरुले खरीद गर्ने छन् ।
ती भ्याक्सिन युरोपका सदस्य राष्ट्रहरुलाई वितरण गरिने जनाईएको छ । यो कम्पनीको लाईसेन्स बेलायतमा दर्ता रहेको छ ।
यस कम्पनीले यो बर्षको अन्त्य अघि नै भ्याक्सिन निर्यात शुरु गर्न सक्ने अपेक्षा गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरीयोले सबैकुरा ठीकै रहेमा युरोपका करोडौ नागरिकलाई भ्याक्सिन मिल्न सुनिस्चित भएको बताउदै गर्मी अन्त्य हुदा सम्म यो कुरा थाहा लाग्ने जनाए ।
कोरोना भाईरस विरुद्धको भ्याक्सिन परीक्षणकै चरणमा रहेकोले कुनै पनि भ्याक्सिन अन्तिम रुपमा हाल सम्म विश्वमा तयार भने भईसकेको पाईदैन ।
नयाँ भ्याक्सिनको नाम एजेड डी वान २२२ राखिएको छ । बेलायतको अक्सफर्ड विश्व विद्यालयसगँ जोडिएर कम्पनीले यसका लागि काम गरीरहेको छ ।
यसै कम्पनीसगँ यस अघि अमेरीकाले पनि ३० करोड भ्याक्सिनका लागि सम्झौता गरेको थियो ।

Facebook Comments Box