बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आफ्नै घरमा पासो लगाएर गरे आत्महत्या

खवर पाटी (खोज खबरको अभियान)

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित  आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर आत्महत्याको कारण भने खुलेको छैन। भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्वस्थ महसुस गरिरहेका थिए ।

राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। कम उमेरमै बलिउडमा स्थापित ३४ वर्षीय सुशान्तले ‘पिके’, ‘केदारनाथ’, ‘एमएस धोनी’, ‘छिचोरे’ लगायत फिल्ममा सक्रिय भूमिकामा थिए । जी टिभीको चर्चित सिरियल ‘पवित्र रिस्ता’ मा सुशान्त आफ्नी पूर्वप्रेमिका अंकिता लोखन्डेसँग प्रमुख भूमिकामा थिए ।

पछिल्लो पटक उनले इन्स्टाग्राममा आमाको तस्बिर राखेका उनले किन आत्महत्या गरे त्यसको कारण खुलेको छैन । राजपुतको शवको पोष्टमार्टम रिर्पोट भने आउन बाँकी छ ।

आत्महत्याको गर्नु कारण आफ्नो ठाउँमा अलग अलग हुन सक्ला तर कोरोना महामारीका कारण संसारभरी धेरै ब्यक्तिहरुले आत्महत्या गरेका घटनाहरु प्रकासमा आएका छन ।

Facebook Comments Box