मुस्लिम आयोगले भारतमा बन्दी भएका नेपालीहरुलाइ स्वदेश फिर्ता ल्यायो

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं । मुस्लिम आयोगको पहलमा भारतमा पक्राउ परेका २८ नेपालीहरु रिहा भएर नेपाल फर्किएका छन । भारतको उत्तर प्रदेशको न्यायालय मुख्य न्यायिक मजिस्ट्रेट, बागपतले पक्राउ परेका २८ जना नेपाली मुस्लिमहरूलाई रिहाइ गरिदिएको छ।

लकडाउनको उल्लंघन गरेको अभियोगमा पक्राउ परेका २८ जना नेपालीहरूलाई अदाललते धरौटीमा रिहाइ गरिदिएको हो। भारतमा २८ जना नेपाली मुस्लिमहरू पक्राउ परेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रिहाइका लागि पहल गरेका नेपालमा भारतीय प्रहरीले नेपालीहरुलाइ झुट्टो मुद्दा लगाएको भन्दै सरकार देखि बिभिन्न मिडियामा आवाज उठदै आएको थियो । एभ्युन्युजले र खबरपाटीले बन्दी बनाएका नेपालीहरु बारे समाचार प्रकाशन गरेपछि चौतर्फि रुपमा भारतको बिरोध भएको थियो ।

अलपत्र परेका नेपालीहरुलाइ बन्दी बनाएर भारत सरकारले मुद्दा चलाएको भन्दै नेकपाकी नेत्री प्रतिनिधिसभा सदस्य चांदतारा शेषले सदनमा आवाज उठाएकी थिइन । उता मुस्लिम नेत्री तथा संबिधान सभाकी सदस्य अनारकली मियाले भारतीय राजदुतलाइ र प्ररराष्ट्र मन्त्रीको ध्यानर्षण गराएकी थिइन । नेपाली मुस्लिम समुदायले यस घटनाको बिरोध गर्दै आयोग अध्यक्ष को ध्यानकर्ष्ण गराएका थिए ।

मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारीले बन्दी बनाएका नेपालीहरुलाइ यथाशिघ्र नेपाल झिकाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाइ पत्रचार गरि छिटो झिकाउन आयोगले विशेष पहल गरेको थियो । रिहाइ भएका सबै नेपालीहरू वीरगञ्ज नाका हुदै नेपाल आएका छन । मुस्लिम आयोगका अध्यक्ष शमिम मियाले छिटो समयमा नेपालीहरुलाइ नेपाल फर्काउन आयोगले गरेको कामप्रति सबै नेपाली मुस्लिम समुदाय र सम्पुर्ण नेपाली समुदायहरु खुसि भएका छन ।

Facebook Comments Box