गैडाकोट १० र १२ का लागु औषध गिरोहका नाइकेहरु प्रहरीको फन्दामा

खवर पाटी (खोज खबरको अभियान)

गैडाकोट,  इलाका प्रहरी गैडाकोटले भारी मात्रामा लागु औषधका गिरोहहरुलाइ पक्राउ गर्न सफल भएको छ ।

१९ सेट लागु औषध बरामद गरेको इलका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । गैडाकोट १२ ढोलबाजा घर भएपछि सबिता पाठको कोठाबाट प्रहरीले उक्त लागु औषध प्रकाउ गरेको हो। गैडाकोट १० का धन बहादुर कुमाल गैडाकोट १२ को सबिता पाठक र राजकुमार ताम्रकार सहित तिन जनाको गिरोहलाइ प्रहरीले प्रकाउ गरी मुद्दा चलाएको छ ।

१९ सेट लागु औषध डाइजेपाम, फेनरगान र नियुकिन नोसिङ जस्ता लागु औषध बरामद भएको इलका प्रहरी गैडाकोटले जनाएको छ । यो गिरोहले गैडाकोट र चितवन आसपासका युवाहरुलाइ कुलतमा फसाएको हुन सक्ने भन्दै यिनिहरुलाइ कडा कार्बाहिको माग स्थानीयहरुले गरेका छन । गैडाकोट १० र १२ मा यति ठुलो मात्रामा लागु औषध गिरोहको नाइके प्रकाउ परेको पहिलो घटना हो ।

Facebook Comments Box