सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि जाहिरी पछि पक्राउ गर्ने तयारी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहिरी परेको छ । अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि जाहरी दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अदालतले पक्राउका लागि अनुमति दिएमा सांसद गिरीलाई पक्राउ गर्ने तयारी गरेको छ । सांसद गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधीकन नेपालको नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको बताएकी थिइन ।

गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित संशोधन दर्तासमेत गरेकी थिइन ।

सांसद गिरीले राष्ट्रिय एकतामा खलल पार्ने काम गरेकाले कारबाहीका लागि उजुरी गरेको अधिवक्ता भण्डारीले जानकारी दिएका छन् । गिरीमाथि कसुर ठहर भए मुलुकी अपराध संहिता, २०७४ ४९ को ५  (क) उपदफा (१) वा (२) बमोजिमको जन्मकैदका सजाय भोग्नुपर्ने हुन्छ ।

समाजवादी पार्टीले कारबाही गर्ने तयारी गरे पनि भारतीय दबाबमा उनीमाथि कारबाही हुन नसकेको एक पदाधिकारीले बताएका छन् । नागरिक

Facebook Comments Box