संसारभर लकडाउन खुकुलोसँगै कोरोना संक्रमितको संख्या बढ्यो (सूचीसहित)

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । संसारभर लकडाउन खुकुलोसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै भएको छ ।

२४ घन्टामा १ लाख ८१ हजार ५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । अहिलेसम्म १ लाख ४० हजारको हाराहारीमा सबैभन्दा धेरै रहेको थियो ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै ब्राजिलमा ५५ हजार २ सय ९ जना थपिएका छन् । अमेरिकामा ३३ हजार ५ सय ३९, भारतमा १४ हजार ७ सय २१, रसियामा ७ हजार ९ सय ७२, चिलीमा ६ हजार २ सय ९०, मेक्सिकोमा ५ हजार ६ सय ६२, पाकिस्तानमा ४ हजार ९ सय ४४ , बंगलादेशमा ३ हजार २ सय ४३, साउथ अफ्रिकामा ३ हजार ८ सय २५ र कोलोम्बियामा ३ हजार ५९ जना नयाँ संक्रमित थपिएका छन् ।

संसारभर लकडाउन खुकुलो पारेसँगै फेरि एक पटक कोरोनाले रफ्तार लिएको छ । भारतमा पनि पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संख्या हो । ब्राजिलले पनि अहिलेसम्मकै रेकर्ड राखेको छ । यहीँ गतिमा संक्रमित र मृत्युदर बढेमा ब्राजिलले ठूलो क्षती व्यहोर्नु पर्ने निश्चित छ ।

हेर्नुस् सूची :

 

Facebook Comments Box