भारतको सीमानामा कोही प्रवेश गरेको छैन, सेनाको पोष्ट पनि कसैले कब्जा गरेको छैन : भारतीय प्रम मोदी

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । चीन र भारतका सेनाबीच जुन १५ मा भएको रक्तपातपूर्ण झडप पछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सीमानामा कोही पनि प्रवेश नगरेको र सेनाको पोष्ट पनि कब्जा नगरेको बताएका छन् ।
यो झडप पछि भएको सर्बदलीय बैठकमा प्रधानमन्त्री मोदीले उक्त कुरा उल्लेख गरेका हुन् ।
चीन बिरुद्ध बदलापूर्ण कार्बाही गर्नु पर्ने भन्दै चीनीया उत्पादन बहिष्कारको अभियान चलिरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले यो सन्देश दिएका हुन् । उक्त झडपमा भारतीय सेनाका कर्णेल सहित २० सैनिकको मृत्यु भएको थियो भने चीनले नियन्त्रणमा लिएका १० भारतीय सेनालाई बिहिबार रिहा गरेको थियो ।
यस अघि चीनीया विदेश मन्त्रालयले नियन्त्रण रेखा पार गरेर भारतीय सेनाले चीनीया सेनाको संरचना भत्काउन र आक्रमण शुरु गरेकाले प्रतिकार मात्रै गरेको बताउदै आएको थियो ।
पछिल्लो समय त्यस झडप पछि पनि शान्ति र वार्ताको पक्षमा जोड दिईराखिएको बेला भारतीय प्रधानमन्त्रीको अभिव्यक्तितले दुबै देशबीच संभावित युद्धको जोखिम कम रहेको आकलन गर्न शुरु गरिएको छ ।
सन् १९६२ यता चीन र भारतबीच यति ठूलो हतियार विहीन रक्तपातपूर्ण संघर्ष भएको यो पहिलो पटक थियो ।

Facebook Comments Box