सुकुमबासी टोल भन्दै वडा अध्यक्षले बिकास बजेट तिन बर्ष सम्म छुट्टाएनन

खवर पाटी (खोज खबरको अभियान)

गैडाकोट १० । गैडाकोट नगरपालिका वडा नम्बर १० मा रहेको मुक्ति टोल बिकासका अध्यक्ष नवराज ढकाल ले टोल बिकास बैठक बाट निर्णय गरि एक पत्र सार्बजनिक गरेका छन । साबिक मुकुन्दपुर गाबिस ६ नम्बर वडा रहेको पितौजि हुदा देखि हाल सम्म पनि वडा अध्यक्ष देबिदत्त कण्डेल नै रहेको भएता पनि मुक्ति टोल र समग्र पितौजि वडा क्षेत्र कुनै एक देखिने बिकास बजेट नहालेको प्रति वडा अध्यक्ष लाइ सामन्ति भन्दै टोल बिकास समितिका अध्यक्ष नवराज ढकालले आरोप लगाएका छन । पितौजि क्षेत्रमा अत्याधिक रुपमा गरिब बर्गका र सुकुम्बासि जनता रहेका छन र यिनिहरुको आय श्रोत मजदुरि गर्नु र कृषि पेसा भएकाले पनि वडा अध्यक्षले हाल सम्म यस क्षेत्रमा कुनै एक देखिने बिकासको काम गरेको भए देखाइदिन चेतावनि दिएका छन । गाबिस देखि हाल सम्म यस क्षेत्रको बिकास मा २५० मिटर पिच बाटो त्यो पनि ठुला उघोगि रिसोर्ट वालाको रिसोर्टमा जाने बाटो पिच नगरपालिका का मेयरको पहलमा भएको र दुइ वटा बोरिङ बाहेक अन्य कुनै पनि बिकास बजेट यस क्षेत्रमा गाबिस हुदै नगरपालिका बन्दा सम्म मुक्ति टोल बिकासलाइ कुनै पनि बिकास बजेट नदिनु कहा सम्मको न्याय हो भन्दै जनताले आक्रोश जनाएको बताएका छन । गाबिस र नगरपालिका दुबै पालिका बन्दा सम्म वडा अध्यक्ष एकै जना हुदापनि हाम्रो टोल बिकास र समग्र पितौजि बासि माथि गरिएको बिभेद र बजेट बिभेद प्रति अब कडा रुपमा वड अध्यको पतिबाद र भण्डाफोर गर्ने कुरा टोल बिकास समितिका अध्यक्ष ढकालले खबर पाटी लाइ जनाएका छन ।तिन बर्ष देखिको कम भोल्टेज को बिधुत रहेकाले मोटर घास काट्ने मेसिन टिभि फ्रीज नचलेका ले बारम्बार वडा अध्यक्ष लाइ भन्दा पनि नसुनेको र मुक्ति टोललाइ बिकासको केहि काम पनि गरिदैन भन्दै वडा अध्यक्ष ले धम्कि दिएको बताएका छन । पितौजि भरिका जनता हिड्ने भित्री बाटा कुनै पिच भएका छैन , यहाको दुर्गा निमाबि बिधालय धराशायी बनेको छ, यहाका धार्मिक सस्थाहरु धराशायी बन्दै गएका छन भने वडा अध्यक्ष ले यस क्षेत्रमा नातागोता बाहेक अन्य कसैलाइ राजनीतिक पदमा अगाडि नल्याइएको र यस क्षेत्रमा जनजाति दलित बस्तिको प्रबाभ भएकाले पनि हामी माथि वडा अध्यक्ष देबिदत्त कण्डेल ले अन्याय गरेको बताए । टोल बिकासका अध्यक्ष ले अहिले सम्म आफुहरु तिन किलोमोटर अर्काको वडामा वडा अध्यक्ष लाइ भेट्न र वडाको काम गराउन जान परेको पिडा पोख्दै वडा नम्बर १० मा किन वडा कार्यलय खुलाउन चाहदैनन वडा अध्यक्ष ले भन्दै प्रश्न गरेका छन । आफ्नो वडाभित्र एक उप स्वास्थ्य चौकि भवन निर्माण को बजेट आएतापनि वडा अध्यक्ष कै कारण त्यो बजेट फ्रीज हुनेमा डर भएको बताएका छन । वडा अध्यक्ष ले के कति बिकासका काम गरेका छन हाम्रो टोल बिकास ले सार्बजनिक रुपमा जनता सामु ल्याइदिएको भन्दै अब जनता मौन नबस्ने ढकालले बताए ।

Facebook Comments Box