अध्ययनको निष्कर्ष : ‘चीन होइन, फ्रान्समा देखिएको थियो कोरोनाको पहिलो संक्रमण’, इटलीमा डिसेम्बर १८ पहिले संक्रमण भएको पुष्टि

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । कोरोना भाइरसको संक्रमणका विषयमा भएको अध्ययनमा इटलीमा सन् २०१९ को डिसेम्बर १८ भन्दा पहिले नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । तर, अहिलेसम्म भने चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको मानिएको छ । चीन सरकारले ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको थियो ।

फ्रान्सेली वैज्ञानिकले चीनमा नभएर फ्रान्समा पहिलो पटक कोरोना देखिएको अध्ययनको निष्कर्ष निकालेसँगै इटलीमा पनि यस्तै खालको अध्ययनको निष्कर्ष सार्वजनिक भएको छ । इटलीमा पहिलोपटक पुष्टि हुनुभन्दा दुई महिनाअघि नै कोरोना फैलिएको अध्ययनको निश्कर्ष रहेको छ । सन् २०१९ को डिसेम्बर १८ भन्दा अघि नै कोरोना भाइरस सङ्क्रमण सुरु भएको युरोन्युजले जनाएको छ ।

इटलीका वैज्ञानिकहरुले गरेको अध्ययनमा दुई सहरको ढलको पानीमा डिसेम्बर १८ भन्दा पहिल्यै कोरोना भाइरस पाइएको बिबिसीले जनाएको छ । यसअघि इटलीमा फेब्रुअरीमा मात्र कोरोना भाइरस पहिलोपल्ट पुष्टि भएको थियो । इटलीको नेशनल इन्स्टिच्युट अफ हेल्थ (आइएसएस)ले इटलीमा भाइरस फैलिएको बारेमा बुझ्न गरेको अध्ययनले पहिलो केस पुष्टि हुनुभन्दा दुई महिना अघि नै देशमा भाइरसको सङ्क्रमण सुरु भइसकेको देखिएको छ।

अध्ययनको निष्कर्ष : ‘चीन होइन, फ्रान्समा देखिएको थियो कोरोनाको पहिलो संक्रमण’

इटलीमा अहिलेसम्म २ लाख ३८ हजार ११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३४ हजार ५ सय ६१ जनाले ज्यान गुमाइ सकेका छन् । संक्रमितमध्ये १ लाख ८१ हजार ९ सय ७ जना उपचारपछि घर फर्किएका छन् भने १ सय ६१ जनाको अवस्था गम्भीर छ ।

APTOPIX Virus Outbreak Italy
Facebook Comments Box