एजेन्सी । अमेरिकी महामारी रोग विशेषज्ञ एवं वैज्ञानिक डा. एन्थोनी फाउसीले अमेरिकामा फेरि एक पटक कोरोना भाइरसको लहर तीब्र भएको बताएका छन् । विभिन्न राज्यमा भएको संक्रमण दर तीब्र गतिमा फैलिएको र केही दिनमै नयाँ लहरको रुपमा आउने उनले चेतावनी दिएका छन् ।
बिबिसीका अनुसार फाउसीले अमेरिकी सरकारलाई कोरोना भाइरसको नयाँ लहरका बारेमा चेतावनी दिएका छन् । सतर्कता, सजगता र पूर्वतयारीका लागि उनले चेतावनी जारी गरेका हुन् ।
अमेरिकी शीर्ष चार स्वास्थ्य विशेषज्ञले संक्रमण बढ्ने चेतावनी सरकारलाई दिएको जनाएका छन् । उनीहरुले कोरोना परीक्षण कम गर्ने सल्लाह आफूहरुले नदिएको पनि प्रष्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना धेरै परीक्षण नगर्न गरेको आग्रहमा आफूहरुको संलग्नता नभएको उनीहरुको प्रतिक्रिया छ । ट्रम्पले केहीदिन अघि आफूले परीक्षण कम गर्ने सल्लाह दिएको बताएका थिए ।
अमेरिकी वैज्ञानिक फाउसीले अमेरिकामा धेरै परीक्षण गरिएको र त्यसले जोखिम कम गर्नका लागि सहयोग गरेको पनि बताएका छन् । उनले विभिन्न देशमा नयाँ लहर सुरु भइसकेको प्रतिmक्रया दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकामा कोरोना संक्रमितको संख्या २४ लाख नाघेको छ भने १ लाख २३ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।